मध्यपुर थिमि ८ बोडेको अगुवा सहकारी श्री महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं बार्षिक साधारण सभा शनिवार बोडे स्थित निलबाराही ब्यांक्वेटमा सम्पन्न भएको छ । सो अवशरमा आयोजित कार्यक्रममा आर्थिक बर्ष २०७७ / ०७८ को बार्षिक प्रतिबेदन समेत सार्वजनिक गरिएको छ । संस्थाले यस बर्ष रू ९३,०९,१०४/१७ खुद नाफा आर्जन गर्न सफल भएको छ । यस बर्षको खुद बचत (मुनाफा ) गत बर्षको तुलनामा ७.८५% ले बृद्धि समेत भएको छ ।
सहकारी बिभागका रजिष्ट्रार झलकराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बोडे क्षेत्रमा स्थापित रहेका बिभिन्न सहकारी हरुका प्रतिनिधि हरु, श्री द्यों मां जगत बृद्धाश्रमका अध्यक्ष प्रेमचन्द्र अदुवा, बोडे कर्मचारी कल्याण कोषका तुलसी भक्त श्रेष्ठ लगायतका अतिथि हरुको उपस्थिति रहेको थियो ।

सभामा बार्षिक प्रतिबेदन संस्थाका सचिब रामचन्द्र जयनाले प्रस्तुत गर्नु भएको थियो भने संस्थाका कोषाध्यक्ष सुर्य बहादुर घो ले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । त्यस्तै लेखा सुपरीवेक्षण समितिको तर्फबाट प्रस्तुत प्रतिबेदन संयोजक प्रेम भक्त दहि ले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा श्री महालक्ष्मी बचत तथा ऋृण सहकारी संस्थाको प्रारम्भ काल देखि २२ बर्ष सम्म अध्यक्षका रूपमा सेवारत रही गतबर्ष अवकाश लिनुभएका श्याम सुन्दर था श्रेष्ठलाई सम्मान गरीएको थियो ।

त्यसैगरी २०७७ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल सेयर सदस्य का छोरा छोरी शिवानी बुढा श्रेष्ठ, चयना थापा र सुसना दही र बाणिज्य शास्त्र+2 मा उत्कृष्ट नतिजा ल्याउन सफल जस्मीन बाटालाई पनि सम्मान गरीएको थियो ।
साकोस द्वारा कोरोणा भाईरस र हाम्रो पढाई बिषयक अनलाइन बक्तृत्वकला प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुन सफल बिधार्थीहरु लिजः श्रेष्ठ, रिजन श्रेष्ठ र दिलाशा श्रेष्ठलाई पुरस्कृत गरीएको थियो भने फिजियोलोजी बिषयमा पि एच डी गरेका बोडेका चन्द्र कृष्ण प्रजापतिलाई पनि सम्मान गरिएको थियो ।
त्यस्तै गरी ३६ जना ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिक हरुलाई सम्मान पनि गरिएको थियो ।

प्रमुख अतिथि सहकारी बिभागका रजिस्ट्रार झलकराम अधिकारीले सबै सहकारी एकै प्रकारका नभएका र गलत प्रबृतिको सहकारीले गर्दा जनताले बिश्वासले जम्मा गरेको पैसा समय समयमा खरानी बन्ने अवस्था आउने गरेकोमा सचेत पार्नु भयो । उहाले सहकारी हरु समाज र समुदाय संग भिजेर समाज संग आत्मिय भएर हिंड्न सक्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा बोल्नु हुँदै द्यो मां जगत बृद्धाश्रमका अध्यक्ष प्रेम चन्द्र अदुवाले सहकारीले शिक्षा, स्वास्थ लगायत अन्य सामाजिक क्षेत्रमा लगानी गरी नाफा मुखि भन्दा पनि सेवा मुखि भएर अगाडी बढ्नु पर्ने बताउनु भयो ।

श्री महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा कार्यक्रमका सभापति कृष्ण सुन्दर श्रेष्ठले एक व्यक्ति एक सहकारी अवधारणा कुनै पनि हालतमा लागु हुन नस्क्ने बताउनु हुँदै एक व्यक्तिले दशवटा बैंकमा खाता खोल्न सकिने तर धेरैवटा सहकारीमा सदस्य बन्न नसक्ने भन्ने तर्क नै गलत रहेको बताउनु भयो ।

कार्यक्रममा मित्र सहकारीका रुपमा उपस्थित बिभिन्न सहकारीका प्रतिनिधि हरु तथा अन्य अतिथिहरू श्री बोडे कर्मचारी कल्यान कोष का तर्फबाट तुल्सी भक्त श्रेष्ठ, द्रव्य साकोस बाट नारायण भक्त था,धर्मपुर बचत तथा ऋ्ण सहकारी संस्था बाट दिलकृष्ण बाटा , थिबोदिन साकोसका अध्यक्ष प्रेमजन थापा,नीलबाराही बचतका हरि कृष्ण भासिंक लगाएतका वक्ताहरुले श्री महालक्ष्मी बचत तथा ऋण सहकारी ले गरेका गतिबिधि हरुको चर्चा गर्दै बार्षिक साधारण सभाको सफलताको सुभकामना व्यक्त गरेका थिए ।
बिज्ञान श्रेष्ठ – मध्यपुर डायरी डट कम -9741716469
