समाचार

निलबाराही नाच

Buzz Education

कला र संस्कृतिले भरिपूर्ण भक्तपुर जिल्लाको मध्यपूर थिमिको बोडेमा ऐतिहासिक नीलबाराही गणनाच हरेक बर्ष भाद्र कृष्ण पक्ष दितीया देखि पञ्चमी सम्म ३ रात चार दिन नचाइन्छ।
बिशुद्ध तान्त्रिक विधिबाट मुकुन्डोहरूमा देवी देवताहरुको प्राण गरी नचाईने यस नाचमा भैरब – १ , बाराही -४ ‘ सिह – ४ कुमारी ४ द्वारपाल -२ र गणेश -४ गरी जम्मा १९ जना देवीदेवता हरु समावेश हुन्छन ।
यस्का अलावा यस नाचलाई ब्यबस्थित बनाउन बिभिन्न गुरुहरू बाद्यबाधन गणहरू , त्यस्का गुरुहरू र नाचलाई व्यबस्थापन गर्न बिभिन्न जिम्मेबारी दिईएका अन्य ब्यक्तिहरू पनि समावेश हुन्छन ।
यस निलबाराही नाचको ऐतिहासिक तथ्यहरूलाई नियालेर हेर्ने हो भने यो नाच नेपाल सम्बत ६३३ मा देशमा परेको अनिकाल हताउन राजा सुवर्ण मल्लले भकपुरमा नवर्दुगा नाच , थिमिमा भैरब नाच र बोडेमा निलबाराही गणनाचको
सुरुवात गरेको भन्ने ऐतिहासिक प्रमाणहरू पाईन्छ ।
तर किम्बदन्तीलाई नियालेर हेर्ने हो भने बोडे निवासी एक जना धों थरका किसानलाई निलबाराही जंगल नजिकै “चुलिचा ” भनिने स्थानमा रहेको आफ्नो खेतमा कृषि कर्म गर्दै गर्दा निलबाराही भगवान स्वयम स्थालको रूप धारण गरी उक्त किसानलाई निलबाराही जंगलमा लगेको र उक किसान लाई निलबाराही गणनाच सम्बन्धी सम्पूर्ण बिधि बिधान सिकाई पहिलेकै खेतमा छोडीएको भन्ने जनधारणा रही आएको छ । स्मरण रहोस चुलिचा भनिने स्थान र नाच र नाचबिधि सिकाईएका भनिने स्थान ” ग” ख्योचा हाल सम पनि उठेको छ।

Buzz Education

ताजा समाचार

ब्यबसायी दुर्गा प्रसाई एमालेमा प्रवेश

Madhyapur Diary

राष्ट्रिय खेलकुड परिषदका सदस्य सचिब रमेश शिलवाल पदमुक्त

Madhyapur Diary

पासो लगाएको डोरी मंहगोमा बेच्न एकको पासो लगाई हत्या | अन्धबिश्वासले लियो ज्यान ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy