शिक्षा समाचार

कक्षा १२ को नतिजा सार्वजनिक

Buzz Education

मंशिर –१७ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक प्रकाशित गरेको छ ।

परीक्षा बोर्डका अनुसार तीन लाख ७४ हजार १५ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ७ हजार ६३ जना विद्यार्थीले ए प्लस नतिजा प्राप्त गरेका छन् । त्यस्तै ए ग्रेड नतिजा ल्याउने विद्यार्थीको संख्या ४८ हजार २३९ रहेको बोर्डले जनाएको छ ।
७० हजार १ जनाले बी प्लस प्राप्त गरेका छन् । त्यस्तै ९९ हजार ५३७ जनाले बी ग्रेड प्राप्त गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए । त्यस्तै ७५ हजार ०८८ जना विद्यार्थीले सी प्लस नतिजा प्राप्त गरेको उनले बताए ।

यसैगरी २४ हजार ५१५ जना विद्यार्थीले ग्रेड सी नतिजा प्राप्त गरेका छन् भने ३ हजार ८७५ जना विद्यार्थीले डी प्लस प्राप्त गरेका छन् । डी ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या २९६ छ । त्यस्तै १० हजार ७३ जनाले ग्रेड ई प्राप्त गरेका छन् । त्यस्तै ४६ जना विधार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन गरेको थियो । कोभिड–१९ का कारण परीक्षा दिन नपाएका ४१ जना विद्यार्थीहरुले गत बुधबारदेखि परीक्षा दिएका छन् ।

उनीहरुको परीक्षाफल १० दिनभित्र प्रकाशित गरिने बोर्डले जनाएको छ ।

Buzz Education

ताजा समाचार

नायक पल शाह बिरुद्ध मुद्धा दर्ता ।

Madhyapur Diary

आज बिजया दशमी – टिकाको साईत बिहान १० बजेर २ मिनेट

Madhyapur Diary

शताब्दी पुरुष जोशी प्रति स्वप्न संसारमा श्रद्धाञ्जली अर्पण

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy