खेलकुद समाचार

दोस्रो सानोठिमी आन्तरिक तेक्वान्डो प्रतियोगिता सम्पन्न

Buzz Education

 

मध्यपुर -२ दोस्रो सानो ठिमी मध्यपुर आन्तरिक तेक्वान्डो प्रतियोगिता शनिवार सम्पन्न भएको छ । स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल भन्ने नाराका साथ सानोठिमी डोजाङको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । मध्यपुर ब्याडमिन्टन ऐकेडेमी को कभर्ड हलमा सम्पन्न भएको उक्त प्रतियोगितामा ६ वटा डोजाङका २०० भन्दा बढी मध्यपुर थिमि नगरपालिका वडा न १ देखि वडा न ९ सम्मका बिभिन्न डोजाङ तथा बिद्यालयका डोजाङ हरुको सहभागिता रहेको थियो ।
महिला पुरुष दुबै समूहका १९ किलो समूह देखि ६२ किलो

समूह सम्मका खेलाडी हरुको सहभागिता जनाईएको छ ।
बिहान १० बजे बाट शुरू भएको उक्त प्रतियोगिता दिउसो ३ बजे सम्पन्न भएको थियो भने त्यस पश्चात आयोजित पुरस्कार बितरण कार्यक्रममा बिभिन्न उमेर समुहका खेलाडी हरुलाई पुरस्कार, प्रमाणपत्र र मेडल बितरण गरीएको थियो ।

बिज्ञापन


मध्यपुर थिमि नारपालिका प्रवक्ता तथा वडा न २ का वडा अध्यक्ष राम थापा मगर को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त पुरस्कार बितरण कार्यक्रममा बिशिस्ट अतिथि मा नेपाल टेक्वान्डो संघ बागमति प्रदेशका केशब पुरी, राष्ट्रिय खेलकुद परिषद अन्तरगत तेक्वान्डो खेलका बरिष्ठ मुख्य प्रशिक्षक एवम रेफ्रि कमिटीका संयोजक नबिन श्रेष्ठ तथा अतिथिहरूमा बिभिन्न संघ संस्था एवम बिधालय, डोजाङ प्रमुखहरु रहेका थिए ।


कार्यक्रममा बोल्नु हुँदै मध्यपुर २ का बडा अध्यक्ष राम थापा मगरले खेलले मानिसलाई अनुशासित र शिक्षित बनाउने र मध्यपुर २ वडा ले बार्षिक बजेटमा हरेक बर्ष खेलकुदको लागि बार्षिक बजेट छुट्याउँदै आएको र बिभिन्न खेलकुड प्रतियोगिता हरु गर्न सहयोग र सहकार्य गर्दै भाएको बताउनु भयो ।उहाले मध्यपुर २ वडामा खेलकुड गतिबिधिहरू बढाउन कभर्ड हल निर्माण गर्न आफुले पहल गर्ने पनि बताउनु भएको छ ।


त्यस्तै आयोजक संस्था सानोठिमी टेक्वान्डो दोजाङका प्रमुख प्रशिक्षक तथा भक्तपुर जिल्ला तेक्वान्डो संघका निबर्तमान अध्यक्ष इन्द्र भक्त चित्रकारले आफ्नो डोजाङले आगामी दिनमा यो प्रतियोगिताला निरन्तरता दिने र जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका प्रतियोगिता हरु पनि भबिष्यमा गदै लग्ने लक्ष्य लिएको बताउनु भयो ।

Buzz Education

ताजा समाचार

कोटेश्वरमा मोटरसाईकल दुर्घटनामा थिमिका सुरजको मृत्यु ।

Madhyapur Diary

मध्यपुर लिग अन्तरगत १३ औ खेलमा वडा न ६ बिजयी ।

Madhyapur Diary

मध्यपुर -८ बोडे मनोहरा किनारामा अपरचित व्यक्तिको लाश भेटीयो ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy