समाचार समाज

रासस फोटोपत्रकार रत्न श्रेष्ठको थिमिको बिस्काः जात्रा एकल फोटो प्रदर्शनी सुरु ।

चैत्र – २२ गतेमध्यपुर थिमिका ख्यातिप्राप्त रासस फोटोग्राफर रत्न कृष्ण श्रेष्ठको मध्यपुर थिमिको बिस्काः जात्रा सम्बन्धि एकल फोटो प्रदर्शनी मंगलबार देखि काठ्मान्डौको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डको प्राङगणमा सुरु भएको छ । मंगलबार एक कार्यक्रमका बीच मध्यपुर थिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठ र काठ्मान्डौ महानगरपालिका प्रमुख बिद्या सुन्दर शाक्यले संयुक्त रूपमा उदघाटन गरी सुरु भएको उक्त प्रदर्शनी ३ दिनका लागि चल्ने बताईएको छ । उक्त प्रदर्शनीमा १०० वटा बिस्काः जात्रा सम्बन्धि फोटोहरू समावेस गरीएको बताईएको छ ।
बैशाख १ गते देखि मध्यपुर थिमिको बिस्का : जात्रा सुरू हुने अवशर पारी जात्रालाई फोटो प्रदर्शनी मार्फट थप प्रचार प्रसार गरी मध्यपुर थिमिको आन्तरिक पर्यटनमा टेवा पुर्‍याउने लक्ष्य सहित उक्त प्रदर्शनी आयोजना गरीएको रासस फोटोग्राफर तथा आयोजक रत्न कृष्ण श्रेष्ठले बताउनु भयो ।


चैत ३० गते विष्णुवीर देवताको जात्रा, वैशाख १ गते बालकुमारी कुहाँ बिज्याइग र सिद्धिकाली जात्रा तथा वैशाख २ गते सिन्दुर जात्रा, ३२ खट जात्रा र जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ । श्रेष्ठले बिस्का जात्रा सम्बन्धि फोटोहरु बिभिन्न समय र स्थानहरूमा खिचिएको बताउनु भएको छ । प्रदर्शनीना मध्यपुर थिमिको बिस्का जात्रा अन्तरगत थिमि, बोडे र नगदेशमा खिचिएका फोटोहरू समावेश गरिएका छन ।


मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले मध्यपुर थिमि क्षेत्रभित्रका जात्रा, पर्व लगाएत मूर्तअमूर्त कलालाई विश्व सम्पदाका रुपमा पहिचान दिलाउन आफूहरु लागि परेको बताउनु भयो । बिस्का जात्राको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पक्षमाथि प्रकाश पार्दै उहाले नवबर्षमा मध्यपुर थिमिको बिस्का जात्राको  अवलोकन गर्न पाल्न हुन सबैमा अनुरोध गर्नुभयो ।
काठ्मान्डौ महानगर प्रमुख बिद्या सुन्दर श्रेष्ठले मौलिक परम्परा तथा जात्रालाई विश्वमा परिचित गराउँदै पर्यटनसँग जोड्नुपर्ने कुरामा जोड दिनु हुँदै मुर्त र अर्मुत कलाको संरक्षणमा सबैको ध्यान जानु पर्ने बताउनु भयो ।

ताजा समाचार

मथिनपा प्राङगणमा लैङ्गीक हिंसा सम्बन्धि हेल्प डेस्क स्टल ।

Madhyapur Diary

मध्यपुर -८ बोडे मनोहरा किनारामा अपरचित व्यक्तिको लाश भेटीयो ।

Madhyapur Diary

आज शहीद दिवश मनाईदै ‘

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy