मनोरञ्जन समाचार

मंशिर ११ गते मध्यपुरको बोडेमा तेस्रो एपिक अवार्ड हुँदै । ख्याति प्राप्त सयौं कलाकारहरू मध्यपुर आउदै |

यहि मंशिर ११ गते मध्यपुर थिमि ८ बोडे स्थित कुमारी पार्कमा राष्ट्रिय स्तरको तेस्रो एपिक नेपाल म्युजिक अवार्ड आयोजना हुन गईरहेको छ । मध्यपुर थिमि नगरपालिकाको सहकार्य रहेको उक्त कार्यक्रममा हाँस्य कलाकारद्वय मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य लाई Lifetime achievement award प्रदान गरीने भएको छ भने यस अगाडी मनोनयनमा परेका उत्कृष्ट कलाकारहरू मध्य बिभिन्न बिद्याहरूबाट सर्वोकृष्ट कलाकार हरु घोषणा तथा अवार्ड बितरण गरिने कार्यक्रम समेत रहेको छ । उक्त कार्यक्रममा मनोरन्जन पत्रकारीता सम्मान २०७८ बाट ख्यातिप्राप्त रंग पत्रकार जिवन पराजुली पनि लाई सम्मान गरीने बताइएको छ ।ख्याति प्राप्त सयौ र राष्ट्रिय स्तरका कलाकार हरुको उपस्थिति रहने बताईएको उक्त कार्यक्रममा मध्यपुर थिमिका सांस्कृतिक धरोहर रुपि भैल: ( भैरब ) नाच गुरुगण, महाकाली नाच गुरुगण तथा जिब्रो छेड्ने जात्राका नायक जिब्रो छेड्ने ब्यक्तिहरुलाई पनि सम्मान गरिने कार्यक्रम रहेको बताईएको छ । साथै प्रकाश सपुत, दुर्गेश थापा, सरस्वती मानन्धर लगायतका गायक गायीका हरुको प्रस्तुति एवम अन्य संस्कृतिक प्रस्तुतिहरु पनि रहने बताईएको छ । त्यस्तै कार्यक्रममा मध्यपुर थिमि नगर पालिकाका नगर प्रमूख मदन सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न हुने जनाईएको छ । कार्यक्रममा निशुल्क प्रवेशको ब्यबस्थाका साथै काठ्मान्डौ बाट कार्यक्रम हेर्न आउन चाहनेहरुको लागि यातायातको ब्यबस्था समेत गरेको बताईएको छ । कार्यक्रम मंशिर ११ गते दिउसो १२:३० बजे बाट शुरू हुने बताईएको छ । मध्यपुर थिमिको ईतिहासमा पहिलो पटक यस प्रकारको राष्ट्रिय स्तरको अवार्ड बितरण कार्यक्रम हुनलाई धेरै क्षेत्रबाट चासोको रुपमा हेरीएको छ । पर्यटन प्रबर्द्धन गर्न सन २०२१ लाई मध्यपुर भ्रमण बर्ष “गन्तव्य मध्यपुर ” प्रबर्द्धन गदै आएको मध्यपुर थिमि नगरपालिकाले यस्ता खालका कार्यक्रमले मध्यपुर थिमिमा आन्तरीक पर्यटन प्रबर्दन गर्न सहयोग पुग्ने बिश्वास गरीएको छ ।

ताजा समाचार

कार्तिक १९ गते ताथलीमा भिन्तुना र्‍याली हुने ।

Madhyapur Diary

निलबाराही नाच

Madhyapur Diary

मध्यपुर लिगको २२ औं खेलमा वडा ३ द्वारा ४ पराजित | नतिजा -३-१

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy