मनोरञ्जन समाचार

कार्तिक १९ गते ताथलीमा भिन्तुना र्‍याली हुने ।

Buzz Education

कार्तिक १९ गते ताथलीमा भिन्तुना र्‍याली हुने ।
भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा भिन्तुना र्‍याली हुने भएको छ। नेपाल संवत् ११४२ को अवसरमा ताथलीको प्रगति युवा समाजले कार्तिक १९ गते र्‍याली गर्न लागेको हो।
नेपाल संवत्को सम्वर्द्धन र प्रवर्द्धनका लागि विगतमा पनि गर्दै आएको र्‍यालीलाई यो वर्ष पनि निरन्तरता दिइएको समाजका अध्यक्ष रबिन बासुकलाले बताए। उनले र्‍यालीलाई सफल बनाउन आवश्यक कामहरु तीब्रताका साथ अघि बढाइएको जानकारी दिए।

बिज्ञापन
‘हामीले विगत केही वर्षदेखि गर्दै आएको भिन्तुना र्‍यालीलाई यो वर्ष पनि निरन्तरता दिँदैछौं’, समाजका सचिव रवीन्द्र न्हेमाफुकीले भने, ‘यो वर्ष पनि हामी विशेष किसिमले भिन्तुना र्‍याली गर्दैछौं।’
सचिव न्हेमाफुकीले समाजको अगुवाईमा स्थानीय गुठी, दाफा भजन, सहकारी, समूह, टीम, उद्योगी, व्यवसायीहरुको सहकार्यमा म्हः पूजाको दिन ताथलीमा भिन्तुना र्‍याली गर्दै आएको जानकारी दिए।
नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा सरकारले मान्यता दिए पनि अझ पनि व्यवहारमा प्रयोगमा नआउँदा नेपाल संवत्बारे रहेको भ्रम हटाउन पनि हरेक वर्ष हुने भिन्तुना र्‍यालीले सहयोग पुग्ने बताउँदै उनले र्‍यालीका लागि विभिन्न समिति गठन गरिएको जानकारी दिए।
समाजले यो वर्ष ताथलीको सौडौलबाट र्‍यालीको सुरुवात गर्ने तयारी गरेको छ। सो स्थानबाट सुरु हुने र्‍यालीले भक्तपुरमात्र नभएर काभ्रेको ऐतिहासिक र पुरातात्विक महत्वको नाला बजार पनि परिक्रमा गर्ने भएको छ। यसका साथै र्‍यालीले ताथलीका विभिन्न क्षेत्रहरुमात्र नभएर भक्तपुर नगरपालिकाको च्याम्हासिंह क्षेत्र र कमलविनायक क्षेत्रको पनि परिक्रमा गर्ने छ।

– हरि सन्दर छुका

Buzz Education

ताजा समाचार

मध्यपुर लिगको २६ औं खेलमा वडा ८ र ६ गोलरहित बराबरी ।

Madhyapur Diary

एमसिसी बिरोधी कार्यक्रममा भएको दमन बिरुद्ध ने.म.कि.पा द्वारा भत्सर्ना

Madhyapur Diary

कलाकार निशा घिमिरेको मृत्यू

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy