
भक्तपुरको मध्यपुर थिमिमा मधुमेहसम्बन्धी स्वास्थ्य शिविर बिहिबार देखि १ हप्ताको लागि सञ्चालन गरिएको छ। मधुमेहसम्बन्धी जनचेतना जगाउने उद्देश्यले एकहप्ते स्वास्थ्य शिविर सञ्चालन गरिएकाे कार्यक्रमका संयोजक एवं अस्पतालका डाक्टर तथा रोटरी क्लवका सदस्य डा. दिलिप प्रजापतिले बताउनु भयो ।
आजदेखि मध्यपुर थिमिमा विभिन्न स्थानहरुमा निःशुल्क शिविर सञ्चालनमा आएको छ। मध्यपुर थिमि नगरपालिका, धुलिखेल अस्पताल, लायन्स क्लव तथा रोटरी क्लव अफ मध्यपुर थिमिको संयुक्त रुपमा सञ्चालित एक हप्ते शिविरको बिहिबार बाट मध्यपुर ९ स्थित बोडे स्थास्थ्य चौकी बोडे बाट सुरु भएको जनाईएको छ।
डा. प्रजापतिले बोडे स्वास्थ्य चौकीमा मधुमेहसम्बन्धी स्थानीयलाई जानकारी दिनुका साथै रगत परीक्षण गरेर अभियान सुरु गरिएकाे जानकारी दिनु भएको थियो। उहांका अनुसार आजकाे शिविरमा ५१ जनाले निःशुल्क रगत परीक्षण गराएका थिए ।
यसैगरी क्लवका अध्यक्ष बिनोदबाबु बज्राचार्यले शुक्रबार बालकुमारी स्वास्थ्य चौकीमा, आइतबार थिमि स्वास्थ्य चौकीमा, सोमबार नगदेश स्वास्थ्य चौकी र मंगलबार लौहकन्थली स्वास्थ्य चौकी शिविर सञ्चालन हुने जनाईएको छ। क्लवले यही मंसिर ३, ५ र ६ मा तीनदिने निःशुल्क दन्त शिविर समेत सञ्चालन गर्ने जनाएकाे छ।
कार्यक्रम हुने स्थानहरू –
२०७८ मङ्सिर २ गते – बोडे स्वास्थ्य चौकी
समय: बिहान १०.३० बजे बाट
२०७८ मङ्सिर ३ गते शुक्रबार – बाल कुमारी स्वास्थ्य चौकी, बाल कुमारी
समय: बिहान १०.३० बजे बाट
२०७८ मङ्सिर ५ गते – थिमी स्वास्थ्य चौकी, थिमी
समय: बिहान १०.३० बजे बाट
२०७८ मङ्सिर ६ गते – नगदेश स्वास्थ्य चौकी, नगदेश
समय: बिहान १०.३० बजे बाट
२०७८ मङ्सिर ७ गते – लोकिन्थली स्वास्थ्य चौकी, लोकिन्थली
समय: बिहान १०.३० बजे बाट

