स्वास्थ्य

सुत्दा घुर्ने बानी छ ? अपनाउनुहोस यी उपायहरू –

Buzz Education

चैत्र -४ – सुत्दा घुर्ने बानी वा समस्या आम मानिसको समस्या हो । यो बानी तब समस्या बन्छ जब तपाईको घुराईले छेउमा सुत्ने व्यक्तीको निंद्रा मा असर पर्न थाल्छ । घुर्ने बानी स्वास्थ्यको हिसाबले पनि निक्कै जोखिमपूर्ण मानिएको छ । यदि तपाईको पनि घुर्ने बानी छ भने बिभिन्न उपायहरूको मार्फत यो समस्या बाट केही राहत पाउन सक्नुहुन्छ ।

घुर्ने बानी हटाउने सात उपाय 

१.सबैभन्दा पहिला त समस्या भएका व्यक्ति आफैंले घुर्ने बानी नियन्त्रण गर्ने कोसिस गर्नुपर्छ। सुत्दा उत्तानो परेर सुत्नु हुँदैन। सधैं कोल्टे फेरेर सुत्दा श्वासनलीमा असर पर्दैन, फलस्वरूप घुर्ने समस्या कम हुँदै जान्छ।

२. सकेसम्म नियमिति व्यायाम गर्नुपर्छ। यसले घुर्ने समस्यासँगै शरीर सुगठित हुन पनि मद्दत गर्छ। नियमित ब्यायाम गर्ने हो भने क्रमश घुर्ने बानी हट्दै जान्छ ।

३.शरीरको अत्यधिक भारका कारणसमेत श्वासनलीमा असर परिरहेको हुन्छ। मोटोपन भएकाले तौल घटाउनु आवश्यक छ।

४. सकभर बेलुकीको खाना हलुका किसिमको खानुपर्छ। त्यस्तै बढी चिल्लो, पिरो भएका खानेकुराहरू खानु हुँदैन।

५. घुर्ने मानिसमा टन्सिलको समस्या पनि भएमा झन् बल्झिने हुन्छ। तसर्थ, यसको समयमै उपचार गर्नुपर्छ।

६. अत्यधिक धूमपान, मद्यपान र लागुऔषधबाट टाढा रहनुपर्छ। यसबाट घुर्ने समस्या छ भने छुटकार पाउन सहयोग पुर्‍याउँछ ।

७. घुर्ने समस्या बढी देखिएमा चिकित्सकसँग सल्लाह लिनु आवश्यक हुन्छ।

Buzz Education

ताजा समाचार

मध्यपुर थिमि सिद्धिकाली चोकस्थित जुजु फार्मेसीले ३ दिने स्वास्थ्य शिबिर गर्ने ।

Madhyapur Diary

नेपाल कोरिया मैत्री अस्पतालमा बालबालिका आईसीयू सुभारम्भ ।

Madhyapur Diary

नेपाल कोरिया मैत्री अस्पताल र गोकुलगंगा गाउँपालिका अस्पताल बीच सहयोग सम्झौता

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy