विश्व शिक्षा समाचार समाज स्वास्थ्य

अन्तर्राष्ट्रिय नारी दिवस आज मनाउदै

पहिलो पटक सन् १९११ मा मनाइएको अन्तर्राष्ट्रिय महिला दिवस त्यसवर्ष अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डमा मनाइएको थियो। त्यसको १०० वर्ष पछि सन् २०११ मा नारी दिवसको शततक उत्सव मनाइयो र वर्ष २०२४ चाहिँ त्यसैले यो वर्ष हामी ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै छौँ। यद्यपि यस दिवसलाई संयुक्त राष्ट्र सङ्घले चाहिँ सन् १९७५ मा आधिकारिक मान्यता दिएको थियो ।

सन् १९१० मा भएको महिलावादी आन्दोल
आउनुहोस्, एकफेर सन् १९१० मा भएको महिलावादी आन्दोलन, अझ भनौँ अमेरिका मा त्यसवखत भएको महिला समानता अभियानको पुनरावलोकन गरौँ । न्यु योर्क सहरमा सन् १९०८ मा १५ हजार महिलाले आफूहरूमाथि भएको असमानता जस्तै कि काम गर्ने समय थोरै हुनुपर्ने, समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्‍याली गरेसँगै नारी दिवसको सुरुवात भएको थियो । त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।

महिला दिवसको मार्च ८ तारिखमा मिति पर्ने कारण चाहिँ अलिक रोचक छ । खासमा महिला आन्दोलन सुरु भएको मिति त्यति बेलाको जुलीअन पात्रोअनुसार फेब्रुअरी २३ आइतबार थियो। यही मिति ग्रिगोरीअन पात्रोअनुसार मार्च ८ हो र त्यस कारणले हरेक वर्ष मार्च ८ मा नै महिला दिवस मनाइन्छ ।

सन् २०२४ को नारी दिवसको नारा
२०२४ को नारी दिवसको नारा चाहिँ 'Inspire inclusion' अर्थात् लैगिंक् समावेशितालाई प्रेरित गरौँ भन्ने अर्थ लाग्छ । समानतालाई ईक्वालिटी भन्दै पैरवी गरिएको पछिल्ला वर्षहरूमा निकै समानताका लहर चर्चा गरिन्थ्यो भने अब नारी पुरुषको समान हिस्सेदारीको पैरवी गर्न थालिएको छ । नारी र पुरुषले समान ऊर्जा र हिस्साका साथ अघि बढ्ने वातावरणका लागि विश्व समुदायको यस पहल साकार रहोस् ।

ताजा समाचार

भक्तपुर लिग फुटबलका सेमिफाइनल खेलहरू आज ।

Madhyapur Diary

मध्यपुरको बिनायक शिक्षा निकेतनमा गुरु पूर्णिमा तथा भानु जयन्ती मनाईयो ।

Madhyapur Diary

गन्तब्य मध्यपुर थिमि ” तस्बीर पुस्तक सार्वजनिक –

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy