स्वास्थ्य

दैनिक बिहान लसुन खाँदा हुने फाइदाहरु

लसुनका फाइदाहरु
Buzz Education

लसुनलाई परापुर्व काल देखि नै एक मसला को रुपमा प्रयोग गरिंदै आइएको छ । लसुनलाइ मसला को रुपमा प्रयोग गरिनु अघि डाक्टर, हस्पिटलहरु नहुँदा लसुनलाइ विभिन्न रोगहरु नियन्त्रण गर्न औषधी को रुपमा प्रयोग गरिन्थ्यो।अहिले पनि लसुन विभिन्न रोगको रोकथाम र उपचार को लागि प्रभावकारी रहने कुरा विभिन्न अध्ययनहरुले देखाएका छन्।

हाम्रो शरीर भित्र हुने बिकार/खराब पदार्थहरुलाई फिल्टर गरेर अनेक इन्फेक्सन र रोगहरु लाग्न बाट  बचाउन  लसुन ले सहयोग गरि रहेको हुन्छ।  लसुन ले मानिस को पाचन क्रियालाइ समेत फाइदा पुर्याई रहेको हुन्छ। लसुनको फाइदाहरु यस प्रकार छन् :

१. इम्युन सिस्टम मजबुद बनाउँछ :

इम्युन सिस्टम हाम्रो शरीर को सेना हो। यो हाम्रो शरीर को सेनाले  हाम्रो शरीर भित्र भएको वा बाहिर बाट शरीर भित्र पस्ने  विभिन्न भाइरस र ब्याक्टेरिया मार्ने गर्दछ।  यहि इम्युन सिस्टमको कारणले गर्दा आज सम्म हामि बाँचेका छौं।

लसुनले हाम्रो शरीरको यहि रोग संग लड्ने इम्युन सिस्टमको क्षमतालाई बढाउँदछ  । जब शरीरमा इम्युन सिस्टम कम्जोर हुन्छ तब कुनै पनि भाइरस संग हाम्रो शरीर लड्न सक्दैन। त्यसैले लसुन इम्युन सिस्टम बढाउँन को लागि उपयोगी हुन्छ।

२. सर्दी लाग्नबाट बचाउँछ :

अमेरिका मा गरिएको एक रिसर्च ले के देखायो भने “लसुन को नियमित सेवन गर्नेहरुमा चिसो लाग्ने को संख्या ६३ प्रतिशत ले घटाएको थियो । लसुन मा

  • Manganese
  • Fiber
  • Vitamin B6
  • Vitamin C

प्रयाप्त मात्रामा पाइन्छ।  साथै यसमा Allicin नामक तत्व पनि पाइन्छ जसले ब्याक्टेरिया र फंगी लाइ मार्ने काम गर्दछ।

३. ब्याक्टेरिया र फंगी मार्ने काम गर्दछ :

शरीर को विभिन्न  ब्याक्टेरिया (जीवाणुहरु) मार्न को लागि एन्टिबायोटिक्स औषधि वर्षौं अघि  देखि प्रयोग गरिंदै आइको छ।  एन्टिबायोटिक औषधीको मूल प्राकृतिक श्रोत  वर्षौं देखि हाम्रै वरीपरी छन्। जस मध्य एक लसुन पनि पर्दछ।

लसुन एन्टिबायोटिक को एक प्राकृतिक स्रोत पनि मानिन्छ।  University of Washington D.C मा गरिएको एक अनुसन्धान अनुसार लसुन मा भएको एन्टीब्याक्टेरियल प्रोपोटिज ले मोडर्न एन्टीब्याक्टेरियल औषधी ले भन्दा १०० गुणा बढी छिटो काम गर्ने प्रमाणित पनि गरेको थियो।

४. शरीरको थकान कम गराउने र शारीरिक उर्जा बढाउने गर्ने गर्छ :

प्राचिन ग्रिसमा ओलम्पिक खेलाडीहरुलाइ लसुन खुवाउने गरिन्थ्यो। जसले उनीहरुको खेलको उर्जा मा तिब्र रुपमा ब्रिद्दि गराउदथ्यो । खेलाडीहरुको लागि लसुन धेरै नै उत्तम मानिन्छ भने हर कोहिले पनि शारीरिक उर्जा बढाउँ र थकान कम गर्न को लागि लसुन सेवन गर्न सकिन्छ।

५. रक्तचाप (Blood Pressure ) नियन्त्रण :

तरकारी मा निमतिम लसुन को सेवन गर्दा यसले ब्लड प्रेसर लाइ नियन्त्रण गर्दछ।  लसुन दैनिक सेवन गर्दा यसले रक्त नलीलाइ बढाउँदछ।  र रक्तचाप कम गर्ने काम गर्दछ।

यसका साथै लसुनका अनेकौं फाइदाहरु  तल दिइएको  छ भने माथि भिडियो मा पनि बृस्तृत रुपमा लसुनको फाइदा बारे बताइएको छ भिडियो पुरा हेरी पुरा बुझ्न सक्नु हुनेछ।

लसुन खानुका विशेष फाईदाहरु :

  1. मुटु रोग हुने सम्भावनालाइ कम गराउदछ
  2. दिमाग तेज बनाइ (स्मरण शक्ति ) बढाउँन मद्दत गर्दछ
  3. कपाल लामो बनाउन र कपाल झर्ने समस्याको समाधान
  4. अनुहार वा छाला मा हुने चाउरी पन कम गराउदछ
  5. दाँत दुख्ने समस्या को निराकरण गर्दछ
  6. मोटोपन घटाउँदछ
  7. यौन शक्ति र स्पर्म को संख्या बढाउँदछ
Buzz Education

ताजा समाचार

मध्यपुरमा पुष १० गते श्री गोपाल कला सिरपा प्रदान गरीने ।

Madhyapur Diary

रक्तचाप सन्तुलन गर्न यी कुराहरुमा ध्यान दिनुहोस ।

Madhyapur Diary

मध्यपुर -४ लायकुमा बृहत स्वास्थ्य शिबिर सम्पन्न । ३२५ ब्यक्तिले जचाय मुटु

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy