कार्तिक -१५ मध्यपुर थिमि नगरपालिकाले पहिलो डोज भेरोसिल खोप लगाएका ब्याक्ति हरुलाई दोस्रो खोप लगाउन सुचना जारी गरेको छ । खोप कार्यक्रम २०७८- ७-१६ गते देखि सन्चालन हुने जनाईएको छ भने खोप बिहान ११ बजे देखि ३ बजे सम्म लगाउन सकिने छ । अघिल्लो खोप लगाएका व्यक्तिहरुले आफुले खोप लगाएको पुरानो खोप केन्द्रमै गई खोप लगाउन सकिने पनि जनाईएको छ ।
