सुन्दा अचम्म लागेपनि कुरा सत्य हो । हालैका दिनमा बिश्वमा अनेकन चमत्कार देखिने गरेका छन ।
मानिसको शरीरमा सुंगुरको मृगौला सफल रुपमा
प्रत्यारोपन गरीएको समाचारले यतिबेला बिश्व तातिएको छ । एकजना ब्रेन डेड भएका ब्यक्तिमा गरीएको संगुरको मृगौला प्रत्यारोपन सफल भएको हो ।
बिरामीको शरीरले नयाँ मिर्गौलालाई अन्य प्राणीको अंग ठानी अस्वीकार नगरोस् भनेर ती व्यक्तिमा आनुवांशिक रुपले परिवर्तन गरिएको (जेनेटिकल्सी मोडिफाइड) सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको बीबीसीले जनाएको छ ।
न्यूयोर्क युनिभर्सिटी लैन्गोन हेल्थ मेडिकल सेन्टरका सर्जनले बिरामी व्यक्तिको रक्तनलीमा सुँगुरको मिर्गौला जोडेर काम गर्ने वा शरीरले अस्वीकार गर्ने भनेर हेरेका थिए। साढे दुई दिनसम्म उनीहरुले मिर्गौलालाई नजिकबाट अवलोकन गर्दै कैयौं प्रकारका परीक्षण गरे पश्चात उनीहरुलाई यो सफलता मिलेको हो ।
चिकित्सा जगतमा भएको यो प्रयोगले बिश्वलाई दुई खेमामा बिभाजन गरेको छ । कसैले यो प्रयोगलाई सहि छ भनेका छन भने कोही यस्को बिरोधमा उत्रेका छन ।