शुक्रबार भक्तपुर नगरपालिका–१ स्थित यति कार्पेट नजिक प्रदेश–३–०२–०१७ प ७९४२ नम्बरको मोटरसाइकल प्रदेश–३–०१–००३ क ५०६५ नम्बरको मिनिट्रकसँग ठोक्किदा दुर्घटनामा परेर चाँगुनाराणयस्थित छालिङ बस्ने २० वर्षीय सुरज तामाङको मृत्यु भएको छ ।

मोटरसाईकल पछाडि सवार सुरजले उपचारको क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा ज्यान गुमाएका हुन ।
मिनीट्रक चालक कमलविनायक बस्दै आएका लक्ष्मीप्रसाद दुवाललाई प्रहरीले पक्राउ गरेको छ । असावधानीपूर्वक सवारी चलाउँदा दुर्घटना भएको अनुसन्धानबाट थाहा भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले बताउनु भएको छ ।
