स्वास्थ्य

नेपाल कोरिया मैत्री अस्पतालमा पुन स्वास्थ्य बिमा कार्यक्रम संचालनमा । नगर प्रमुखद्वारा उदघाटन ।

चैत्र २४ -बन्द भएको करिब ६ महिना पश्चात नेपाल कोरिया मैत्री अस्पताल मध्यपुर थिमिमा स्वास्थय बिमा कार्यक्रम पुन सञ्चालनमा आएको छ । बिश्व स्वास्थ्य दिवशको अवशरमा बिहीबार देखि पुन सञ्चालनमा ल्याईएको हो। मध्यपुर थिमि नगर पालिका द्वारा संचालित उक्त अस्पतालमा स्वास्थ्य बिमा बापत ९ करोड भन्दा बढी रकम भुक्तानी हुन बाकि रहे पश्यात कठिनाई देखाउँदै तत्कालका लागि स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरीएको थियो । यधपि मध्यपुर थिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठ लगाएत मध्यपुर क्षेत्रका बिभिन्न दलका अगुवा नेतृत्व तथा समाज सेवीहरुको एकिकृत पहलमा फेरी स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गराउन सफल भएको हो ।
असोज १ गते बाट बन्द रहेको स्वास्थ्य बिमा कार्यक्रम पुन सन्चालनमा आए सँगै नगरबासी तथा आसपासका क्षेत्रहरूबाट स्वास्वय उपचार गराउने बिरामी तथा सेवाग्राहीहरू मा पुन खुशियालिको सञ्चार भएको छ ।


केही समय अगाडी पुरा रकम भुक्तानी भई सकेपश्चात पनि प्राबिधिक कारण स्वास्थ्य बिमा कार्यक्रम सन्चालनमा आउन सकेको थिएन । हालै स्वास्थ्य बिमा बोर्डका कार्यकारी निदेशक तथा नेपाल कोरिया मैत्री अस्पताल का कार्यकारी निर्देशक लगाएतका पदाधिकारी हरुको संयुक्त बैठक बाट निर्णय भए पश्चात बिहिबार बाट अस्पातलमा उक्त सेवा सुरू भएको हो । स्वास्थ्य बिमा सफ्टवेयर खुलिसके पश्चात बिहिबार मध्यपुर थिमि नगरपालिका प्रमुख तथा नेपाल कोरिया मैत्री अस्पतालका अध्यक्ष मदन सुन्दर श्रेष्ठको हातबाट कम्प्युटरमा सफ्ट्वेयर खोलि पुन स्वास्थ्य बिमा कार्यक्रम उदघाटन गरी सन्चालनमा ल्याईएको हो।


अस्पतालका अध्यक्ष मदन सुन्दर श्रेष्ठका अनुशार भबिष्यमा बिगतमा जस्तो भुक्तानीलाई नरोकिने, कुनै बिबाद आएमा दुई पक्षिय सहमति अनुशार चल्ने र एक पक्षिय रूपमा कुनैपनि पक्षले कार्यक्रम बन्द नगर्ने सहमति भएको छ ।
नेपाल कोरिया मैत्री अस्पतालमा स्वास्थय बिमा कार्यक्रम बन्द भए पश्चात भक्तपुर अस्पतालमा पुगि स्वास्थय बिमा सेवा लिने गरेका थिए । जनस्तरबाट सेवाको निरन्तरताको दबाब पश्चात स्थानिय नेतृत्व तथा समाजसेवीहरुको पहलमा स्वास्थ बिमा पुन सञ्चालन भएपश्चात भने सेवाग्राही खुशियाली छाएको छ ।
नेकपा माओबादी केन्द्र मध्यपुर थिमि समितिका अध्यक्ष तथा समाजसेवी बिजय श्रेष्ठ ले सेवाग्राहीले पछिल्लो समय भोग्नु परेको पिडालाई सम्बोधन गर्न आफुहरुले सम्बन्धित निकायमा पुगि ज्ञापन पत्र बुझाई सेवा पुन सन्चालनको लागि दबाब दिएको बताउनु भयो । आफु लगायतका अन्य समाजसेवी हरुको पहल पश्चात सेवा संचालनमा आएकोमा उहाले खुशी ब्यक्त गर्न भयो ।
नेकपा समाजबादी पार्टी भक्तपुर जिल्ला कमिटी अध्यक्ष श्याम बस्नेतले लामो समय देखि बन्द स्वास्थ्य बिमा कार्यक्रम सचालनमा ल्याउन आफ्नो पार्टिका स्वास्थय मन्त्री सम्म पुगि आफूहरुले प्रयास गरेको बताउनु भयो ।


नेकपा ऐमाले मध्यपुर थिमि नगर सचिब सुमन जोशिले स्वास्थ्य बिना पुन सन्चालन गराउन र नगरबासी तथा सेवाग्राहीले भोग्नु परेको समस्याको सम्बोधन गर्ने बारेमा नगर प्रमुख लाई पटक पटक ताकेता गरेको बताउनु भयो ।
यस अलावा नेपाली कांग्रेस मध्यपुर थिमि सभापति हरिद्वार प्रजापति र नेमकिपा नेता तथा वडा न ८ अध्यक्ष देव कृष्ण मोंय श्रेष्ठ लगायतका अन्य महानुभाबहरु समेतले उल्लेख्य रूपमा स्वास्थ बिमा कार्यक्रम पुन संचालन गर्न योगदान पुर्‍याउनु भएको अस्पतालका अध्यक्ष तथा नगरप्रमुख मदन सुन्दर श्रेष्ठले बताउनु भयो ।

ताजा समाचार

मध्यपुर -४ लायकुमा बृहत स्वास्थ्य शिबिर सम्पन्न । ३२५ ब्यक्तिले जचाय मुटु

Madhyapur Diary

मध्यपुरमा पुष १० गते श्री गोपाल कला सिरपा प्रदान गरीने ।

Madhyapur Diary

बोडेमा चिमालय च्यारिटीको स्तनपान तथा मातृ शिशु स्वास्थ अभिमूखिकरण तालिम सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy