
कार्तिक – ७ सुनिल सेट्टी नेपाल आउने भएका छन । फेब्रअरीको तेस्रो साता नेपाल नेपाली चलचित्र एक्स नाइनको सुटिङका लागि उनी नेपाल आउन लागेका हुन ।
नेटफ्ल्क्सि, अमेजन अथवा हटस्टार लगायत डिजिटल प्लेटफर्ममा चलचित्र रिलिज का लागि आफूले बलिउडको ठूलो अनुहारलाई लिएर चलचित्र बनाउन लागेको बताईएको छ ।
सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा रहेको बडिमालिका, खप्तड, बैतडीको पाटन र कैलालीका विभिन्न क्षेत्रमा सेट्टीको छायांकन हुने बताईएको छ ।

एक्स–९ का निर्देशक मुकुन्द भट्टका अनुसार चलचित्रका मुख्य भूमिकामा रहने कलाकारमध्ये सेट्टी पनि एक हुन । बलिउडको ठूलो फिगर भएका कारण मात्रै उहाँलाई अनुबन्ध गरेको नभई कथाको डिमान्ड ले नै उहाँ समावेश हुनुभएको हो।
आफूले स्क्रिप्ट सुनाउँदा सुनीलले सुरुमै मन पराएको मुकुन्द सुनाउँछन् ।
चलचित्रका लागि १२ करोड रुपैयाँ अनुमानित बजेट लाग्नेछ ।सुनिलको सुटिङका लागि १२ दिन लाग्ने बताईएको छ ।

