कलंकीमा गुडिरहेको स्कुटरलाई बसले ठक्कर दिंदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ । घटना सीता पेट्रोल पम्प नजिकै भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार बागमती प्रदेश ०३–०१–००५ ख ९३०० नम्बरको बसले स्कुटरलाई ठक्कर दिँदा चालक धादिङ घर भई थानकोट बस्दै आएका ३५ वर्षीय रामबहादुर आचार्य र बाँके घर भई इमाडोल बस्दै आएका ५२ वर्षका यादवकुमार शाहको मृत्यु भएको हो ।
उनीहरु दुवैजनालाई उपचारका लागि बयोधा अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा दुवैको मुत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र स्कुटरलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले नियन्त्रणमा लिएको छ । अहिले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
