
कार्तिक ७ – करीब २५० करोड भन्दा बढी मूल्य पर्ने बहुमूल्य पत्थर द्वारा निर्मित भगवान बुद्धको मूर्ति नेपाल आईपुगेको छ । यति धेरै महंगो मूर्ति नेपालको भैरवहा स्थित गौतम बुद्ध अन्तराष्ट्रिय बिमान स्थलमा राख्नका लागि ल्याईएको हो ।
उक्त मूर्ति लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकामार्फत विमानस्थलका लागि यो बुद्धमूर्ति ल्याइएको हो ।

म्यानमारमा बनाइएको यो मूर्ति भारत हुँदै नेपाल ल्याइएको हो। मूर्तिलाई १४ कार्तिकमा राष्ट्रपतिमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अनावरण गर्ने कार्यक्रम बताईएको छ ।
म्यानमारमा पाइने बहुमूल्य ढुंगाको अन्तर्राष्ट्रिय बजारमा एक ग्रामको एक हजार २०० हङकङ डलर पर्ने फाउण्डेसनले जनाएको छ।अर्थमन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा भन्सार सुल्क नलाग्ने गरी मूर्ति भित्र्याइएको हो । वाइडजेड स्टोनबाट बनेको बुद्धमूर्ति १८ सय केजीको छ।

लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली का अनुशार
मूर्ति लोटस, फलावरसहित १ दशमलब ९ मिटर अग्लो, ६० सेन्टिमिटर चौडाइ र १ मिटर मोटाइ छ । मूर्तिलाई भैरहवा लुम्बिनी परिक्रमा गरी गौतमबुद्ध विमानस्थल परिसरमा लगेर राखीने छ ।

