विश्व स्वास्थ्य

उच्च रुपमा बेलायतमा बढ्यो संक्रमणको दर

Buzz Education

बेलायतमा एकै दिन ४९ हजार नया संक्रमित थपिएका छन । गत २४ घण्टा भित्र ४९ हजार १३९ जना नया संक्रमित थपिएका हुन । पछिल्लो ३ महिना भित्र बेलायतमा यति धेरै संक्रमित पहिलो पल्ट देखिएको बताईएको छ ।
अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या करिब ८५ लाख ८९ हजार पुगेको पनि जनाएका छन् ।स्वास्थ्य मन्त्रालयद्वारा बुधबार जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण  १७९ जनाको निधन भएको छ । यो समेतगरी १ लाख ३९ हजारभन्दा धेरै मानिसको यो संक्रमणबाट ज्यान गएको हो ।

बिज्ञापन
बिज्ञापन

महिनौँपछि ठूलो सङ्ख्याका सङ्क्रमित पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गर्नुभएको छ । स्वास्थ्य अधिकारीले धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन् ।यसै बीच बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले यहाँको सरकारलाई बेलायतमा हिँड्डूलमा कडाई गर्न तथा अन्य सामाजिक गतिविधिहरुमा पनि प्रतिबन्ध लगाउन सुझाव दिएका छन् । (एएफपी)

Buzz Education

ताजा समाचार

एप्पलले सावधानी अपनाउन अनुराेध-चार्जिङकाे क्रममा सतर्कता अपनाउन सुझाव

Madhyapur Diary

मध्यपुरमा पुष १० गते श्री गोपाल कला सिरपा प्रदान गरीने ।

Madhyapur Diary

मध्यपुर ८ बोडेको पांचो गणेश साकोस द्वारा खुल्ला रक्तदान कार्यक्रमको आयोजना ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy