समाचार समाज

राष्ट्रपति द्वारा भक्तपुरमा नवदुर्गा भवानीको दर्शण

Buzz Education
देवगण
देवगण

कार्तिक – ३ राष्ट्रपति द्वारा भक्तपुरमा नवदुर्गा भवानीको पुजा आजा गर्नुका साथै टिका प्रशाद ग्रहण गर्नु भएको छ । कोजाग्रत पुर्णिमाको अवशरमा राष्ट्र प्रमुखका रुपमा नवदुर्गा भवानीको दर्शन गर्नु भएको हो ।


राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका नकीले नवदुर्गाको पूजा एवं दर्शन गराउनुका साथै नवदुर्गाका पुजारी बाट नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रसाद प्राप्त गर्नु भएको थियो ।

नवदुर्गा गण संगको कुराकानीमा राष्द्रप्रमुख समक्ष देवगणले बिबिध समस्याहरुको बारेमा अवगत गराएका थिए । देवगणले आफुहरु बर्षको ८ महिना नाचका लागि खटिने गरेको मा कहि कतैबाट सहयोग प्राप्त नभएको गुनासो गरेका थिए ।

बिज्ञापन
बिज्ञापन

नवदुर्गा मन्दिरमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा, सांसद महेश बस्नेत, प्रदेश सांसद शशीजंग थापा, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, चाँगुनारायण नगरका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापा, उपप्रमुख जुना बस्नेत, मध्यपुर थिमिका प्रमखु मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जना मधिकर्मी, नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजालगायत व्यक्तित्व हरुको उपस्थिति थियो।
स्रोत समाचार – रातोपाटी

Buzz Education

ताजा समाचार

म.थि.न.पा वडा न. ६ नेपाली कांग्रेस अधिवेसनमा संजय श्रेष्ठको प्यानल बिजयी

Madhyapur Diary

आज जनै पूर्णिमा मनाईदै

Madhyapur Diary

मध्यपुर- ४ बप्पा स्थित बिशेश्वर मन्दिर उदघाटन गरीयो ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy