मध्यपुर – ६ – मध्यपुर थिमि नगरपालिका स्थित गुङग : चिवा : परिसरको दक्षिण पुर्वी मोहदामा रहेको खालि स्थानमा दुईतले सामुदायिक भवन बन्ने भएको छ । बुधबार एक कार्यक्रमका बिच उक्त भवनको बिहान मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठको हातबाट सिलान्यास गरिएको हो ।

गुङग: चिवाः परिसरको उक्त भवन बन्ने स्थान बिगत लामो समयदेखि प्रयोग बिहिन रुपमा खालि स्थानका रुपमा रहि आएकोमा हाल मध्यपुर थिमि नगरपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समिति मार्फत उक्त सामुदायिक भवनको नवनिर्माण हुन लागेको हो ।


प्रयोग बिहिन रुपमा रहेको उक्त स्थानमा नगरपालिकाको रू ४९, ९८, ३८६/ ६० लागत अनुमानमा उक्त भवन बन्न लागेको हो । उक्त रकम मध्यपुर नगरपालिकाको तर्फबाट रु ४०,००,००० बिनियोजित गरिएको छ । जसमध्ये रु ३९, ९८,७०९/२८ नगरपालिकाले र बाँकि रू ९,९९,६७७/३२ भने स्थानिय उपभोक्ता समितिले बेहोर्ने गरी निर्माण सम्पन्न हुने भएको हो । उपभोक्त समितिका त्रिरत्न प्रजापतिको अध्यक्षतामा गठित उपभोक्ता समितिले मिति – २०७८ – ६ – ७ गतेबाट सुरु भई मिति २०७८-१२-३० गते भित्रमा निर्माण सम्पन्न गर्नुपर्ने बताईएको छ । परियोजनाको निर्माण रेखदेख मध्यपुर थिमि नगरपालिकाका ईन्जिनियर प्रेमलाल भासिमाँले गर्नुहुने जनाईएको छ ।

उपभोक्ता समितिका अध्यक्ष त्रिरत्न प्रजापतिले बिगत लामो समय देखि प्रयोग बिहिन अवस्थामा रहेको र पछिल्लो समय फोहर फाल्ने स्थानको रूपमा दुरुपयोग हुँदै गएको अवस्थामा टोल बासिको आपसि सरसल्लाह अनुशार उक्त भवन निर्माण गर्न पहल गरिएको बताउनु भयो । उहाँले उक्त भवनलाई स्थानिय भजन खलः तथा धिमे खलः ले प्रयोग गर्ने गरी उपयोग गरीने बताउनु भएको छ ।

पछिल्लो समय मध्यपुर थिमि नगरपालिकाले सयौंको संख्यामा पाटी पौवा , मठ मन्दीर हरुको पुनःनिर्माण गरिन थाले संगै सास्कृतिक नगरीका रूपमा परिचित रहेको मध्यपुर थिमि नगरपालिकाले मुहार फेदै लगेको छ । पछिल्लो समय मध्यपुर थिमि नगर भित्र का कलाकृति हेर्नकै लागि पनि आन्तरिक पर्यटकहरू बढ्दै गएको अवस्थामा उक्त भवनको निर्माणले स्थानिय पनि खुशि देखिएका छन ।
स्थानिय बासिन्दा तुई राम प्रजापतिले नगरपालिकाको सहयोगमा बन्न लागेको उक्त भवनले गुंङग : चिवा: परिसर थप आर्कर्षक बन्ने भएकोले आफूहरु खुशि रहेको बताउनु भयो ।
अर्का स्थानिय बासिन्दा राम प्रजापतिले नगरपालिकाको सहयोगमा बन्न लागेको कलात्मक दुईतले भवनले स्थानको अभाब भोगिरहेका स्थानिय भजन खलः तथा धिमे खलः लाई ठूलो राहत हुने बताउनु भयो ।
मध्यपुर डायरी संबाददाता
बिज्ञान श्रेष्ठ