समाचार

मध्यपुर थिमि नगरपालिका र स्थानीय पत्रकारहरुबीच साक्षात्कार कार्यक्रम सम्पन्न |

Buzz Education

 श्रावण – ९ ,मध्यपुर थिमि नगरपालिका र मध्यपुर थिमि क्षेत्र भित्रका सञ्चारकर्मीहरु बीच साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । नंया थिमि संखधर चोक स्थित संखधर पार्टी र्‍यालेसमा सम्पन्न भएको उक्त कार्यक्रममा मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठ, नगर उपप्रमुख बिजय कृष्ण श्रेष्ठ र वडा न ४ अध्यक्ष बालकृष्ण श्रेष्ठको आतिथ्यता रहेको थियो । मध्यपुर सञ्चार समाज द्वारा आयोजित उक्त कार्यक्रमको पहिलो चरणमा समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति बाबु काजी सांछे श्रेष्ठद्धारा मध्यपुर क्षेत्रमा भएका संञ्चार माध्यमहरूको  बिगत देखि बर्तमान सम्मको अवस्था बारेमा प्रकाश पारिएको थियो भने मध्यपुर क्षेत्रमा रही पत्रकारिता तथा सञ्चारकर्म गर्दा भोग्नु परेका समस्या हरुको बारेमा नगर प्रमुख तथा उपप्रमुख लाई जानकारी गराईएको थियो ।

समाजका अध्यक्ष बाबु काजी साछेले जनप्रतिनिधि र सञ्चारकर्मी बीच समन्वयको अभाब रहनु,राजनितिक आस्थाका आधारमा मात्र सम्बन्ध कायम गर्नु वा गर्न खोजिनु,सरकारी क्षेत्रबाट सञ्चारकर्मीलाई संरक्षण र प्रोत्साहन नगरीनु,सम्बन्धित निकायबाट सुचना प्राप्त नहुनु, पत्रकारिता क्षेत्रमा जोखिम बढी हुनु,समयमै पारिश्रमिक नपाईने , जीवनयापनको आधार नहुनु आदि जस्ता समग्र पत्रकारिता क्षेत्रका समस्याहरूको बारेमा अवगत गराईएको थियो ।

छलफलमा सञ्चारकर्मी बिशेश्वर श्रेष्ठले नगरपालिकाले लोककल्याणकारी बिज्ञापन प्रदान तथा तालिमको ब्यबस्था गर्न नगर प्रमुखको ध्यानाकर्षण गराउनु भयो ।मध्यपुर सञ्चार समाजलाई थिमि क्षेत्रको सुचनाको केन्द्रको रूपमा अगाडी बढाउन पनि उहाले आग्रह गर्नु भयो ।


न्युज अफ साप्ताहीकका सम्पादक तथा प्रकाशक एवं  नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला पूर्व अध्यक्ष जगत प्रजापतिले पत्रकार र नगरपालिका बीच नियमित भेटघाट गरी मध्यपुर थिमि नगरपालिकालाई थप प्रचार गर्नुपर्ने बताउनुभयो ‘उहाले नगरपालिकामा सुचना अधिकारी तथा प्रवक्ताले अझ शसक्त भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो भने पत्रकारहरुको क्षमता अभिबृद्धि तालिममा पनि ध्यान दिनुपर्ने बताउनु भयो ।
संञ्चारकर्मी के. के मानन्धरले नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन अन्तरगत नगरपालिका स्वयमले स्वतन्त्र रूपमा सञ्चार माध्यम स्थापना गरी अधि बढन सक्ने कुरामा जोड दिनु भयो भने त्यस मार्फत मध्यपुर क्षेत्रका क्षमतावान सञ्चारकर्मीहरुलाई सहभागी गराई रोजगारी समेत सिर्जना गर्न सकिने बताउनुभयो ।
लोक कल्याणकारी विज्ञापन मार्फत स्थानीय सञ्चार गृहलाई राहत दिन सकिने कुरामा उहाले जोड दिनुभयो ।
स्टार न्युज एक्प्रेसका प्रकाशक तथा बरिष्ठ पत्रकार प्रबिण जोशीले जेष्ठ पत्रकारहरुलाई भत्ताको ब्यबस्था गर्न सकिने बताउनु हुँदै पत्रकारीताको दिगो बिकासका लागि नगर पालिकाले स्थानीय सञ्चार गृहलाई नै प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनु भयो ।लोकबोली डटकम का सम्पादक रत्न प्रजापतिले ईतिहास बोकेका तर बर्तमान अवस्थामा बन्द भई सकेका सञ्चार गृहलाई पुनसञ्चालन गर्न माग गर्नु हुंदै मध्यपुर थिमि नगरपालिकाले सुचना डेस्कको छुट्टै ब्यबस्था हुनुपर्ने , नगरपालिकाको सहभागिता हुने सबै कार्यक्रमको जानकारी संचारकर्मी तथा पत्रकारहरुलाई पूर्वबत रुपमा जानकारी प्रवाह गराउने संम्यन्त्रको बिकास गर्नुपर्ने बताउनु भयो ।
वडा न ४ वडा अध्यक्ष बाल कृष्ण श्रेष्ठले जनप्रतिहरुले समाजमा नदेखेका कुराहरुलाई पत्रकारहरुले ध्यानाकर्षण गराई सुझाबका रुपमा दिनसक्नु पर्ने बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले अबका दिनमा मध्यपुर संञ्चार समाज संग सांगठनिक रूपमा हातेमालो गरेर अगाडी बढने बताउनु भयो । उहाँले पत्रकारितामा क्षेत्रमा अझै मध्यपुर पछाडी नै रहेको बताउनु हुंदै आफ्नो कार्यकालमा  मध्यपुर क्षेत्रको पत्रकारिता क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
त्यस्तै उपप्रमुख बिजय कृष्ण श्रेष्ठले हाल मध्यपुर क्षेत्रका पत्रकारहरूमा  पत्रकारीता बाहेक अन्य पेशा ब्यबसाय अपनाईने गरेको तर ब्यबसायिक रुपमा लग्ने हो भने पत्रकारीतालाई पनि ब्यबसायको रूपमा लिनु पर्ने बताउनु भयो । पत्रकारीतामा व्यबसायिकता बिकासका लागि निरन्तरता आवश्यक रहेको पनि बताउनु भयो ।


मध्यपुर सञ्चार समाजका पूर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार हरिबहादुर श्रेष्ठ मध्यपुर थिमिको कला संस्कृति आदिको पर्यटकिय सम्भावनाको प्रचार प्रसार गरी प्रबर्दन गर्नु पर्ने र त्यस्का लागि नगरपालिकाले त्यस्को जिमेबारी स्थानीय पत्रकारहरूलाई दिनुपर्ने बताउंदै कार्यक्रममा सहभागी सबैमा धन्यबाद ज्ञापन गर्नु भयो ।

Buzz Education

ताजा समाचार

मध्यपुर रोटरी क्लबद्वारा शिक्षक शिक्षिका हरुलाई स्तनपान र बाल स्वास्थ्य सम्बन्धि तालिम सम्पन्न ।

Madhyapur Diary

भक्तपुरमा सहलह सहकारीद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ।

Madhyapur Diary

नेपाल मण्डल टेलिभिजनका अध्यक्ष रमेश महर्जनको ५६ बर्षको उमेरमा मृत्यु ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy