राजनीति समाचार

एमसिसी बिरुद्ध भक्तपुरमा नेक्राविसंघ र नेक्रायुसंघको बिशाल प्रदर्शन

Buzz Education

 

भाद्र -२३- भक्तपुर –अमेरिकी एमसिसी परियोजनाको बिरोधमा भक्तपुरमा आज जुलुस तथा जनसभा कार्यक्रम आयोजना गरीएको छ । नेपाल क्रान्तिकारी बिधार्थी संघ तथा नेपाल क्रान्तिकारी युवा संघको संयुक्त आयोजनामा भएको उक्त बिरोध जुलुस कार्यक्रम कमलविनायक बाट सुरु भई  च्याम्हसिंह, दत्तात्रय हुदै सुकुल ढोका, तौमढी बाट राममन्दिर हुँदै सुर्यबिनायक चोकमा पुगि सभामा परिणत भएको थियो ।


नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता रक्षाको लागि एमसिसी परियोजना खारेज गर्नुपर्ने बताउनु भएको थियो।


त्यस्तै सभामा बोल्दै नेपाल क्रान्तिकारी बिधार्थी संघका अध्यक्ष रमेश प्रजापतिले एमसिसी परियोजनाको भत्सर्ना गर्नुहुँदै आन्दोलनकारीलाई दमन नगरी सहयोग गर्न प्रहरीलाई आग्रह गरेका थिए ।


त्यस्तै नेपाल क्रान्तिकारी युवा संघका अध्यक्ष मिनबहादुर बाटाले नेपाललाई बिदेशीको दास हुनबाट जोगाउन एमसिसी परियोजनाको बिरोध गर्नपरेको बताएका थिए ।

तस्वीरहरु – मा.सुरेन्द्रराज गोसाई तथा workers voice .

Buzz Education

ताजा समाचार

विनायक छैठौं अन्तर विद्यालयस्तरीय मध्यपुर थिमि नगरपालिका कप फुटवल प्रतियाेगितामा विजयी

Madhyapur Diary

विनायकमा कराते र जिमनस्टिक प्रतियोगिता सम्पन्न ।

Madhyapur Diary

आज मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा हुँदै ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy