अर्थतन्त्र समाचार

Goldstar जुत्ताले गर्‍यो अमेरिकी बजार प्रवेश

Buzz Education

 

नेपाली ब्राण्डको जुत्ता Gold star ले अमेरिकी बजारमा प्रवेश गरेको छ । अर्भिङ टेक्सासमा आधिकारिक बिक्रेता नियुक्त गरी गोल्डस्टार जुत्ताको बिक्रि शुरू गरेको किरण सुज म्यानुफ्याकचरले बताएको छ ।

न्युयोर्कमा आयोजित कार्यक्रममा किरण सुज म्यानुफ्याक्चर्सका अध्यक्ष आमिरप्रताप जबराले गोल्डस्टार जुत्ता अमेरिकाको निर्दिष्ट स्थानहरूबाट उपलब्ध हुने घोषणा गरेका थिए । “हाम्रो अनुभवको तीन दशकको समयमा दुई महाद्वीपहरू पार गरी हामी अब संयुक्तराज्य अमेरिकामा आइपुगेका छौँ । यो सबैभन्दा गर्वको कुरा हो र हामी अमेरिकामा पनि आकर्षक जुत्ताहरू ल्याउने कुरामा प्रतिबद्ध छौँ,” उनले भने ।
गोल्डस्टार जुत्ता धेरै टिकाउ, किफायती, सहज र आकर्षक जुत्ताका रूपमा नेपाली उपभोक्ताले लिँदै आएको पनि उनले बताए ।

Buzz Education

ताजा समाचार

एमसिसी बिरुद्ध माघ २६ मा राजधानीमा व्यापक प्रदर्शनी हुने ।

Madhyapur Diary

नेतृत्व नयां पुस्तालाई हस्तान्तरण गर्न तयार छु – माधब नेपाल

Madhyapur Diary

नेपाली कांग्रेस भक्तपुर क्षेत्र न २ क्षेत्रीय सभापतिमा भेष बहादुर कार्की बिजयी ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy