खेलकुद समाचार

भक्तपुरमा सहलह सहकारीद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ।

Buzz Education

 

पुस २१ गतेदेखि चार दिनसम्म भक्तपुर स्थित सहलह सहकारी संस्था लिमिटेड द्वारा आयोजना गरीएको ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगलतर्फ सहलह साकोसका योगेश खड्का प्रथम भएका छन्।स्पर्धामा सहलह साकोसकै पुरज ढुङ्गेल द्वितीय, नवल साकोसका राजेश खाइतु र स्वीट क्लबका लक्ष्मीनारायण सुवाल संयुक्त रुपमा तृतीय भएका छन ।
स्पर्धाको भेट्रान्स डबलको खेलमा प्रभु साकोसका संजय कपाली र पुनहरी होनाको जोडी प्रथम, सहलह साकोसका राकेश थापा र डेन लामाको जोडी द्वितीय भएका छन् भने सहलह साकोसका कृष्णप्रसाद सुवाल र सुरेशकुमार था श्रेष्ठको जोडी र बालाखु गणेश साकोसका सुनिल याकामी र राजेश श्रेष्ठको जोडी संयुक्त रुपमा तृतीय भएका छन् ।


त्यस्तै मेन्स डबलको खेलमा प्रभु साकोसका पुनहरी होना र संजय कपालीको जोडी प्रथम, योगेश खडका र पुरज ढुङ्गेलको जोडी द्वितीय हुन सफल भए भने स्वीट क्लबका रविन घेमोसू र लक्ष्मीनारायण सुवालको जोडी र सहलह साकोसका डेन लामा र तिलक डाँगीको जोडी ले पुरस्कार प्राप्त गर्न सफल भए ।

कार्यक्रममा बिजेताहरूलाई नेपाल मजदुर किसान पार्टि का नेता तथा सांसद प्रेम सुवालले पुरस्कार प्रदान गर्नु भएको थियो ।

Buzz Education

ताजा समाचार

बोडे फुटसल बन्यो हेल्थी फुटसल ओपन टुर्नामेन्टको बिजेता ।

Madhyapur Diary

” मध्यपुरको चोडेमा ज्ञानमाला भजन कार्यक्रम सम्पन्न”

Madhyapur Diary

बोडेमा २३ औं बिबिध भाषा साहित्य सम्मेलन कार्तिक १९ गते हुँदै ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy