मंशिर २५ गते मध्यपुर थिमि ४ स्थित दुईपोखरी मा सांगीतिक कार्यक्रम हुने भएको छ । मध्यपुर संगीत प्रेमी समाजको आयोजना तथा मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा मध्यपुरमा पहिलो पटक उक्त कार्यक्रम हुन गईरहेको छ । सन्ध्याकालीन सास्त्रीय संगीत तथा भक्ति संगीत नाम दिईएको उक्त कार्यक्रममा ख्यातिप्राप्त सास्त्रीय संगीतकर्मीहरू बरिष्ठ कलाकार श्री केसी तथा बरिष्ठ कलाकार ध्रुवेश चन्द्र रेग्मी लगाएत निर्जल डंगोल, निमेश कपाली, र आर्जल डंगोल लगायतका कलाकार हरुको उपस्थिति रहने जनाईको छ ।
कार्यक्रमलाई दुई चरणमा बिभाजन गरी सन्चालन गरीने मध्यपुर संगीत प्रेमी समाजका अध्यक्ष तथा मध्यपुर थिमिका ख्याति प्राप्त गायक हरि सुन्दर लाखे श्रेष्ठले बताउनु भयो । पहिलो चरणमा भक्ति संगीत प्रस्तुत गरीनेछ भने दोस्रो चरणमा सास्त्रीय संगीत बेलुकी ४ बजे उप्रान्त सन्चालन हुने उहाले बताउनु भयो ।
मध्यपुर थिमिमा संगीत क्षेत्रमा लाग्न चाहने व्यक्तिहरू लाई उचित प्रशिक्षण, प्रवर्धन र बातावरण तयार गरी संगीत क्षेत्रमा लाग्न अभिप्रेरणा दिने उद्देश्यले मध्यपुर संगीत प्रेमी समाज को स्थापना गरेको र आगामी दिनमा निरन्तर बिभिन्न संगीत उत्थानका कार्यहरू गर्दै जाने गायक तथा समाजका अध्यक्ष हरि सुन्दर लाखेले बताउनु भयो ।