भाद – २३ –बलिउड चलचित्र उद्योगका हस्ती अक्षय कुमारलाई मात्रृशोक परेको छ । आज बिहान उनको मृत्यू भएको जनाईएको छ । बिगत लामो समय देखि बिरामी अक्षयकी आमा अरणा भाटियाको मृत्यू भएको हो। आमा आई .स .यू मा उपचाररत रहेको खबरले बेलायतमा सुटिङगमा व्यस्त अक्षय कुमार सुटिङ रद्व गरी भारत फर्केका थिए।
अभिनेता कुमारले नै सामाजिक सञ्जालमा आफ्नी आमाको मृत्युको खबर एक भाबुक स्ट्याटस सहीत बाहीर ल्याएका थिए। अक्षयकी आमाको मृत्यु पश्चात यतिबेला अक्षयका फ्यानहरूले सामाजिक सञ्जालमा श्रद्दान्जली दिने क्रम शुरू भएको छ।