समाचार समाज

लोपुन्मुख पानी गौथली द्वारा मनोहरामा बच्चा कोरेलेको अभिलेख कायम ।

Buzz Education

प्राय सिमसार नजिकैका सुख्खा जमिनहरुमा गृष्मकालमा भेटिने विरल वटुवा चरा ठूलो पानीगौथली यहाँको मनोहरा खोला क्षेत्रमा बच्चा कोरलेको छ । यस प्रजाति ३८ वर्ष पछि अघिल्लो वर्ष यसै स्थानमा अभिलेख गरिएको थियो ।

समुन्द्री सतहको ७५ देखि १३१० मिटर उचाई सम्म भेटिने यो ठूलो पानीगौथली पंछी अबलोकनका क्रममा पर्यटनकर्मी तथा वन्यजन्तु फोटोग्राफर हरु संजय था श्रेष्ठ, दिपक बुढाथोकी र युविन श्रेष्ठले दुई अल्पवयस्क सहित एक बयस्क को फोटो सहित हिजो अपरान्ह अभिलेख गरेका थिए ।

कुटनीतिज्ञ ब्रायन हड्सनले १९ औं शताब्दीमा नेपालको लागि पहिलो पटक अभिलेख गरेको यो प्रजाति सन् १९८८ मा पंछीबिद राजेन्द्र सुवालले बर्दिया जिल्लाको बढैया तालमा हाल सम्मकै धेरै २५ वटाको संख्यामा देखे यता कहिले जोडी मा त कहिले सानो संख्यामा नेपालका बिभिन्न भागमा अभिलेख गरिएको छ ।

पश्चिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज देखि पूर्वमा कोशीटप्पु वन्यजन्तु आरक्ष सम्म भेटिएको यो पानीगौथली चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, जगदिशपुर जलाशय, फेवा ताल तथा संखुवासभाको तुम्लिङटारमा भेटिएको नेपालका संकटापन्न चराहरु सम्बन्धि रातोकिताबमा उल्लेख गरिएको छ ।

Buzz Education

ताजा समाचार

मथिनपा उपप्रमुख अन्जना मधिकर्मीको दोस्रो कार्यकालका लागि पार्टीमा उम्मेदबारी दर्ता ।

Madhyapur Diary

ट्र्याक्टर दुर्घटनामा २८ जना घाइते

Madhyapur Diary

भक्तपुर स्थित श्री पद्दम माविको छेउमा रहेको रुख काटिदा दर्जनौ संख्यामा बकुल्ला चराहरू मारिएको बिषयमा चराप्रेमी तथा बातावरण प्रेमीहरूको आपति

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy