नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगनकुमार थापाले नेपाली कांग्रसको आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं महानगरपालिका वडा नं ३० को कांग्रेस कार्यकर्ता भेलामा थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।
१३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए ।१३औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीकै उम्मेदवार बन्नुभएका थापाले ५८४ मत पाउनुभएको थियो ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउादो मंसिर ९–१३ मा गर्ने घोषणा गरिएको छ । यही १८ भदौंदेखि वडा तहबाट कांग्रेसको अधिवेशन शुरु हुँदैछ ।