समाचार समाज

आज कृष्ण जन्मास्टमी – सरकारले दियो सार्वजनिक बिदा

Buzz Education

भदौ १४ – काठमान्डौ –

आज कृष्ण जन्माष्टमी – सरकारले दियो बिदा
देशैभरी आज बैदिक सनातन धर्मालम्बीहरुले धुमधामका साथ कृष्ण जन्माष्टमी मनाईंदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका मार्फत संसारलाई हेर्ने नया दृष्टिकोण दिएका भगवान कृष्णको महीमा सम्झींदै आजको दिन कृष्ण जन्माष्टमी पर्व हर्षउल्लासका साथ यो पर्व मनाइन्छ ।
भाद्र कृष्ण अष्टमी को राती जन्मेका कृष्णलाई भक्तहरू यस  दिनमा कृष्ण भगवानका मन्दीरहरुमा पुजा आजा गर्न पुग्छन भने रातिको मोहरात्रीमा भने भजन किर्तन गदै जागराम बस्ने गर्दछन ।
अन्याय, अत्याचार र राक्षशि प्रबृति बिरुद लड्न र सम्पूर्ण मानब जगतको रक्षार्थ भगवान बिष्णुको आठौ अवतारका रूपमा यस धर्तिमा पदारपन गर्नुभएका श्री कृष्ण भगवानलाई धेरैले सत्यको मार्गमा लाग्न प्रेरणाको रूपमा लिने गर्छन ।
भगवान श्रीकृष्णले महाभारत युद्धका बेला अर्जुनलाई दिएको दिव्य ज्ञान सम्पूर्ण संसारभरी भागवत गीताको नामले प्रसिद्ध छ। भागबत गीता मात्रै एउटा यस्तो ग्रण्ठ हो जुन संसारका धेरै भाषामा अनुबादीत छ ।यसै क्रममा नेपाल सरकारले आजको श्रीकृष्णजन्माष्टमीको पावन दिनमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
कोरोणा भाईरसको महामारी लाई ध्यानमा राखि ठूला समारोह र कार्यक्रमहरू नगर्न आग्रह गरेको छ । यस दिन पाटनको श्री कृष्ण मन्दीर लगाएत देशभरीका कृष्ण मन्दीर हरुमा ठूलो मेला लाग्ने गरेकोमा यसपाली भने कोरोना संक्रमणको जोखिमलाई मूल्यांकन गर्दै पुजा आजा औपचारीक किसिमले मात्रै गर्ने जनाईएको छ।

Buzz Education

ताजा समाचार

मध्यपुर -८ बोडेको मिनी कोशीमा हिउँदे चराहरुको गणना गरीदै ।

Madhyapur Diary

आयोगमा दल दर्ता हुने बितिक्कै सरकारमा जाने – मेटमणी चौधरी ( नेपाल समूह)

Madhyapur Diary

उपकार साकोस तथा प्राध्यापक संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न |

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy