भदौ १४ – काठमान्डौ –
आज कृष्ण जन्माष्टमी – सरकारले दियो बिदा
देशैभरी आज बैदिक सनातन धर्मालम्बीहरुले धुमधामका साथ कृष्ण जन्माष्टमी मनाईंदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका मार्फत संसारलाई हेर्ने नया दृष्टिकोण दिएका भगवान कृष्णको महीमा सम्झींदै आजको दिन कृष्ण जन्माष्टमी पर्व हर्षउल्लासका साथ यो पर्व मनाइन्छ ।
भाद्र कृष्ण अष्टमी को राती जन्मेका कृष्णलाई भक्तहरू यस दिनमा कृष्ण भगवानका मन्दीरहरुमा पुजा आजा गर्न पुग्छन भने रातिको मोहरात्रीमा भने भजन किर्तन गदै जागराम बस्ने गर्दछन ।
अन्याय, अत्याचार र राक्षशि प्रबृति बिरुद लड्न र सम्पूर्ण मानब जगतको रक्षार्थ भगवान बिष्णुको आठौ अवतारका रूपमा यस धर्तिमा पदारपन गर्नुभएका श्री कृष्ण भगवानलाई धेरैले सत्यको मार्गमा लाग्न प्रेरणाको रूपमा लिने गर्छन ।
भगवान श्रीकृष्णले महाभारत युद्धका बेला अर्जुनलाई दिएको दिव्य ज्ञान सम्पूर्ण संसारभरी भागवत गीताको नामले प्रसिद्ध छ। भागबत गीता मात्रै एउटा यस्तो ग्रण्ठ हो जुन संसारका धेरै भाषामा अनुबादीत छ ।यसै क्रममा नेपाल सरकारले आजको श्रीकृष्णजन्माष्टमीको पावन दिनमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
कोरोणा भाईरसको महामारी लाई ध्यानमा राखि ठूला समारोह र कार्यक्रमहरू नगर्न आग्रह गरेको छ । यस दिन पाटनको श्री कृष्ण मन्दीर लगाएत देशभरीका कृष्ण मन्दीर हरुमा ठूलो मेला लाग्ने गरेकोमा यसपाली भने कोरोना संक्रमणको जोखिमलाई मूल्यांकन गर्दै पुजा आजा औपचारीक किसिमले मात्रै गर्ने जनाईएको छ।