समाचार

सेफ्टी ट्यांकिमा खसेर दुई जनाको मृत्यु ।

Buzz Education

 भरतपुर महानगरपालिका१९ को तमु टोलमा बुधबार साँझ सेफ्टी ट्यांकीमा खसेर दुई जनाको मृत्यु भएको छ। स्थानीय रामप्यारी गुरुङको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उनीहरूको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका २४ वर्षीय छतिराम चौधरी र २३ वर्षीय रामु भनेर चिनिने डाक्टर चौधरी रहेका छन्।

सफाइ गर्ने क्रममा छतिराम चिप्लिएर ट्यांकीमा खसेपछि उद्धार गर्न ट्यांकीभित्र पसेका उनका भिनाजु नाता पर्ने डाक्टर चौधरीको पनि ट्यांकीमा पसेर मृत्यु भएको हो। उनीहरू लामो समयदेखि चितवन र आसपासका क्षेत्रमा ट्यांकी सरसफाइ गर्ने काम गर्दै आएका थिए।

Buzz Education

ताजा समाचार

मध्यपुर लिगको २२ औं खेलमा वडा ३ द्वारा ४ पराजित | नतिजा -३-१

Madhyapur Diary

नेवाः पत्रकार राष्ट्रिय दबूले ‘मातृभाषा पत्रकारिता दिवस’ लाई राष्ट्रिय दिवसका रुपमा मनाउन माग

Madhyapur Diary

५८औं राष्ट्रिय बालदिवसको अवसरमा विनायकमा विभिन्न कार्यक्रम

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy