मध्यपुर डायरी संबाददाता – जेनिश बाडे ( प्रशिक्षार्थी )
हाल जारी मध्यपुर लिग अन्तर वडा फुटबल प्रतियोगिता अन्तरगत शनिवार सम्पन्न भएको ३३ औं खेलमा वडा न ८ बिजयी भएको छ । वडा न ८ ले वडा न ४ लाई १-० गोल अन्तरले पराजित गदै बिजयी भएको हो । खेलको ३८ औं मिनेटमा जर्शी न १४ का अभिशेख बुढा श्रेष्ठले दिलाएको आग्रतालाई अन्तिम सम्म जोगाई महत्वपूर्ण ३ अंक हासिल गरेको छ । वडा न ४ अंक बरियताको पुछारमा रहेको छ । वडा न ४ ले हालसम्म १ अंक मात्रै प्राप्त गर्न सकेको छ ।
उक्त खेलमा ९०+२ औं मिनेटमा वडा ४ का सोनिस श्रेष्ठले पंहेलो कार्ड पाएका थिए । वडा न ८ का जर्शी न ११ का रबि मस्तरां म्यान अफ द म्याच घोषित भएका छन ।