राजनीति समाचार समाज

मध्यपुर सञ्चार समाजद्वारा नगरप्रमुख तथा उपप्रमुखलाई बधाई तथा शुभकामना ज्ञापन ।

Buzz Education

मध्यपुर सन्चार समाजले जेठ १८ गते मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख तथा उपप्रमुख संग भेटघाट गरी बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ ।

मध्यपुर सञ्चार समाजका बर्तमान अध्यक्ष बाबुकाजी साँछे श्रेष्ठको नेतृत्वमा गएको मध्यपुर सञ्चार समाजका पदाधिकारीहरू तथा आजीवन सदस्यहरुको टोलीले नगर प्रमुख तथा उपप्रमुखलाई भेटी बधाई ज्ञापन गरेको हो । सोही क्रममा मध्यपुर सञ्चार समाजको सल्लाहकार पदमा पदेन नगर प्रमुख रहने ब्यबस्था बमोजिम समाजद्वारा सल्लाहकार पदको प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
उक्त भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नु हुंदै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरका सन्चारकर्मी र नगरपालिका बीच भबिष्यमा हुन सक्ने सहकार्यका बारेमा बोल्नु भएको थियो । मध्यपुरका संञ्चारकर्मीहरुलाई अझै सक्रियताका साथ सुचना तथा समाचार सम्प्रेषण तथा प्रशारण गरी नगरबरसीलाई सुसुचित गर्न तदारुकताका साथ लाग्न अनुरोध गर्नुभयो ।


उपप्रमुख बिजय कृष्ण श्रेष्ठले सञ्चार माध्यमले सत्य तथ्य र निस्पक्ष तरिकाले प्रस्तुत गर्नु पर्ने बताउनु भयो। मध्यपुर थिमिका गतिबिधि तथा महत्वका बिषयबस्तुहरुलाई अझै प्रसार प्रसार गर्नु हुनेमा बिश्वास व्यक्त गर्नुभयो ।


पत्रकार तथा समाजका उपाध्यक्ष सागर गुरागाईले समाजले सकारात्मक समाचारलाई प्राथमिकता दिंदै आएको बताउनु भयो । उहाँले समाजले आधिकारीक र पुष्टि भएका समाचारहरु मात्रै प्रकाशन प्रशारण गदै आएको बताउनुभयो । मध्यपुर सञ्चार समाजले बिगत देखि बर्तमान सम्म गर्दै आएका गतिबिधिहरुको जानकारी दिंदै सुभकामना समेत दिनु भयो ।


समाजका अध्यक्ष बाबुकाजी सांछें श्रेष्ठले मध्यपुर सञ्चार समाजले गर्दै आएका मुख्य मूख्य कृयाकलापहरुको जानकारी नगरप्रमुख तथा उपप्रमुखलाई दिनुभयो।


समाजका सदस्य तथा सञ्चारकर्मी के.के मानन्धरले बिगतमा राष्ट्रिय मिडियामा कमै मात्र आउने गरेको मध्यपुर थिमि नगरपालिका मध्यपुर सञ्चार समाजले मध्यपुरलाई राष्ट्रिय मिडियामा ल्याउन उल्लेख्य भूमिका खेलेको जानकारी प्रमुख तथा उपप्रमुखलाई दिनु भयो ।मध्यपुरलाई पर्यटकिय गन्तब्य को रूपमा बिकास गर्नु पर्नेमा पनि उहाले जोड दिनु भयो ।
संस्थाका सचिब सुमन श्रेष्ठले आगामी दिनमा समाज संग सहकार्य गरी छुटै संञ्चार माध्यम पनि सुरु गर्नु पर्ने बताउनु भयो ।

Buzz Education

ताजा समाचार

कार्तिक नाचको आज अन्तिम दिन – नरसिंह नाच देखाईने

Madhyapur Diary

भक्तपुरमा कानुन ब्यबसायीहरुको भेला सम्पन्न ।

Madhyapur Diary

मध्यपुरका नेपाली कांग्रेस नेता गणेश मान चक्रधर केन्द्रिय सदस्यको उम्मेदबार

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy