शिक्षा समाचार

मध्यपुरमा स्थानीय चुनाबमा महिला बिषयक कार्यशाला सम्पन्न |

Buzz Education

चैत्र -२२- उपप्रमुख संग महिला कार्यक्रम अन्तरगत स्थानीय तहमा महिलाहरूको नेतृत्वदायी भूमिका बिषयक १ दिने कार्यशाला मध्यपुर थिमिको वडा – न ९ बोडे स्थित कृषि बिकास बैक तालिम केन्द्रको सभागृहमा सम्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिका उपप्रमुख अन्जना देवी मधिकर्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रम मध्यपुर थिमि नगरपालिकाको आयोजनामा भएको हो । आसन्न बैशाख ३० गते हुने स्थानीय चुनाबमा महिला नेतृत्व आवश्यकताका सवालहरूमाथि छलफल गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरीएको मध्यपुर थिमि नगरपालिका अन्तरत महिला, बालबालिका, तथा जेष्ठ नागरिक शाखाका द्रोपदा पण्डितले बताउनुभयो ।


जनसंख्याको आधारमा महिलाको जनसंख्या बढी भएपनि नेपाली समाजको बनावत, सामाजिक, मूल्य, मान्यता, सोच र शैक्षिक अवस्थाका कारण मुलुकको निति निर्माण तथा निर्णर्य तहमा महिलाक्रो सहभागिता अपेक्षाकृत रुपमा बढ्न नसकेको अवस्थामा स्थानीय तहमा महिलाको नेतृत्व संख्यात्मक र गुणात्मक सहभागिता बढाउन सहयोग पुर्‍याउने उद्देश्यले उपप्रमुख संग महिला कार्यक्रम अन्तरगत स्थानीय तहमा महिलाहरूको नेतृत्वदायी भूमिका बिकास गर्न उक्त कार्यक्रम आयोजना गरीएको बताईएको छ ।


प्रमुख प्रशिक्षकको रूपमा महिला जागरण तथा बिकास केन्द्रका पूर्व अध्यक्ष तथा नेपाल ल क्याम्पसका प्राध्यापक डा. शशी अधिकारी र अधिवक्ता तथा नेपाल ल क्याम्पसका उपप्राध्यापक मनिषा पौडेल रहनुभएको उक्त कार्यक्रममा मध्यपुर थिमि नगरपालिका प्रमुख प्रशासकिय अधिकृत चुडामनी पन्थी, अतिथिहरूमा प्रशासकिय अधिकृत धनकृष्ण श्रेष्ठ, सामुदायिक बिकास अधिकृत तुल्सी भक्त तको, वडा न २ का वडा अध्यक्ष राम थापा मगर, कार्यपालिका सदस्यहरू अरुणा काररणजितकार , रमिता जिम्मा, नसस सुजाता बैद्य, सर्मिला बिश्वकमर्मा, सीता बिश्वकर्मा लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।


मध्यपुर थिमि नगरपालिक भित्रका वडा न १ देखि ९ वडा सम्मका करिब दुई सय जना महिलाहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रशिक्षकहरूले आसन्न स्थानीय निर्वाचनमा महिलाहरुको भूमिक्रा, सक्षम नेतृत्व चयनको आवश्यकता र महत्व, असल नेतृत्वको गुण र भुमिका, स्थानीय देखि प्रदेश सम्मको तहमा महिलाहरूको अवस्था र संबैधानिक ब्यबस्था आदिको बारेमा प्रशिक्षण दिईएको थियो ।


कार्यक्रममा बोल्नु हुँदै मध्यपुर थिमि नगरपालिका उपप्रमुख अन्जना देवी मधिकर्मीले महिलाहरू पुरुषहरूको तुलनामा कुनैपनि क्षेत्रमा कमजोर नरहेको बताउनुहुँदै अवशर पाएको खण्डमा महिलाहरूले पुरुषले भन्दा बढी काम गर्न सक्ने बताउनु भयो । अझै पनि समाजमा महिलाप्रति विभेद कायम रहेको बताउनुहुँदै महिलाहरुले हरेक क्षेत्रमा अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भयो ।

Buzz Education

ताजा समाचार

म.थि.न.पा वडा न. ६ नेपाली कांग्रेस अधिवेसनमा संजय श्रेष्ठको प्यानल बिजयी

Madhyapur Diary

नेपाली कांग्रेस भक्तपुर क्षेत्र न २ क्षेत्रीय सभापतिमा भेष बहादुर कार्की बिजयी ।

Madhyapur Diary

नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाको आयोजना तथा नमस्ते ख्वप टिभी र नेपाल फोटो संसार प्रा.लि को सहकार्यमा शुभकामना आदानप्रदान ,बधाई तथा सम्मान कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy