समाचार समाज स्वास्थ्य

मध्यपुर संचार समाज द्वारा रक्तदान कार्यक्रम आयोजना ।

Buzz Education

फागुन १४ – गते मध्यपुर संचार समाजको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ७ महिला र १८ पुरुष गरी जम्मा २५ जना महानुभावले रक्तदान गरेका छन । कान्तिपुर अस्पताल र लायन्स क्लब अफ काठमाडौको प्राविधिक सहयोग र अन्य विभिन्न संघ संस्था एवं महानुभावहरूको भौतिक/ आर्थिक सहयोगमा सप्पन्न उक्त कार्यक्रमका संयोजक एवं मध्यपुर संचार समाजका निवर्तमान अध्यक्ष हरिबहादुर श्रेष्ठले वर्तमान समयमा भैरहेको रगतको चरम अभावलाई केही हदसम्म भए पनि पूर्ति गर्ने अभिप्रायले सो कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

आज अन्तिम रक्तदाताको रूपमा रक्तदान गर्नुभएका संस्थाका अध्यक्ष बाबुकाजी श्रेष्ठले आफूले ५७ वर्षको उमेरमा जीवनमै पहिलो पटक रक्तदान गरेको बताउनुभयो। यति वर्षको उमेरमा पहिलो पटक रक्तदान गर्ने उहाँ नै विश्वको प्रथम व्यक्ति हुनसक्ने बताउँदै उपस्थित स्वास्थ्यकर्मी र संचारकर्मीहरूले उहाँको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गर्नुपर्ने आशय व्यक्त गर्नुभएको छ। कार्यक्रममा रक्तदाताहरूलाई प्रमाणपत्र र सहयोगी संस्था एवं महानुभावलाई प्रसंशा पत्र प्रदान गरिएको थियो।

 

Buzz Education

ताजा समाचार

महेश बस्नेतलाई देउवाको चुनौति मलाई हैन दुर्लभ थापालाई हराएर देखाउनुस ।

Madhyapur Diary

होली पर्व : संस्कृति vs बिकृति – सम्पादकिय

Madhyapur Diary

आजदेखि सिनेमाघरमा डाँडाको बरपिपल

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy