Uncategorized

नेपाल कपडा तथा सिलाई ब्यबसायी संघ भक्तपुरको दोस्रो अधिवेशन सम्पन्न ।

Buzz Education

 

मध्यपुर डायरी संबाददाता सुरेश श्रेष्ठ

चैत्र १३ – नेपाल कपडा तथा सिलाई ब्यबसायी संघ भक्तपुरको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार भक्तपुरको सुर्यबिनायकमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि अध्यक्ष पदमा शुभरत्न बज्राचार्य, उपाध्यक्षमा राम कृष्ण सागाछे, सचिबमा दिपक बासुकला, कोषाध्यक्षमा राम शरण श्रेष्ठ, सदस्यहरूमा केशब बासुकला, सुर्य लक्ष्मी प्रजापति र आकाश गुभाजु चयन गरीएको छ ।भक्तपुर जिल्ला भरीका संघमा आबद्ध ब्यबसायीहरुको हक हितमा क्रियाशिल रहंदै आएको संघले बिभिन्न निर्णयहरू समेत गरेको छ । २०७८ साल बैशाख ३० गते संघका अध्यक्ष स्व. लक्ष्मी बहादुर श्रेष्ठको असामयिक मृत्य भएकोमा अर्को साधारण सभा नभएसम्म का लागि संघका उपाध्यक्ष सुभ रत्न बज्राचार्य लाई कार्यवाहक अध्यक्षको भूमिका प्रदान गरीने निर्णय गरीएको छ ।


निक्कै लोकप्रिय नेतृत्वको रूपमा रहेका स्व. अध्यक्ष लक्ष्मी बहादुर श्रेष्ठको असामयिक निधनले संघमा ठुलो क्षति भएको महशुस गरी अधिवेशनमा उहाँको सम्मान तथा सम्झनामा एक मिनेट मौन धारण गरी शोक प्रस्ताब पारित गरीएको थियो। मौन धारणको दौरान सहभागिहरु प्रायका आँखा रसाएका थिए भने भावबिह्वल अवस्था सिर्जना भएको थियो ।


अधिवेशनमा भक्तपुर जिल्ला अन्तरगतका स्थानीय निकाय अन्तरगत कर्मचारी, स्कुल, कलेज आदिको ठेक्का पट्टा नगराई स्थानीय ब्यवसायीलाई नै उपलब्ध गराईदिन चारैवटा स्थानीय निकायहरुलाई ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको छ ।

Buzz Education

ताजा समाचार

काठमाडौं उपत्यकामा पहिलो पटक दुर्लभ काँसे घाँसेचरीको अवलोकन

Madhyapur Diary

नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

Madhyapur Diary

रबि लामिछाने थप १३ दिन हिरासतमा रहने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy