
माघ -१४ विश्वमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ को जोखिम न्यूनीकरणका लागि प्रमुख जिल्ला अधिकारी भक्तपुरका रुद्रा देबी शर्माले १६ बुँदे आदेश जारी गर्नु भएको छ ।
शुक्रबार जारी गरीएको आदेशमा सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केट र सबै प्रकारका पसलमा एक पटकमा २० जना भन्दा बढी मानिसको उपस्थिति हुन नहुने, पार्टी प्यालेसमा एक पटकमा कूल क्षमताको एक चौथाइमा नबढ्ने गरी बढीमा पूर्ण खोप लगाएका २० जनामात्र उपस्थित हुन पाउनेलगायतका वुँदा समेटेर आदेश जारी गर्नु भएको हो ।
प्रमुख जिल्ला अधिकारी शर्माले बिश्वमा नंया भेरियन्ट सहितको जोखिम कायम रहेको सन्दर्भमा महामारीलाई नियन्त्रण तथा उपचार प्रकृयालाई थप सहज बनाउन उक्त आदेश जारी गर्नु परेको बताउनु भएको छ ।





