Uncategorized विश्व

अमेरीकाको लुईजियानामा आँधिका कारण लाखौ जनता बिधुतबाट बंच्चित

Buzz Education

 

अमेरिकाको लुइजियानामा हालसम्म आएको सर्वाधिक शक्तिशाली मध्येको एक समुद्री आँधीका कारण तटीय क्षेत्र डुबानमा परेको छ भने डुबानपछि कम्तीमा सात लाख मानिसहरू विद्युत सेवाबाट बञ्चित बनेका स्थानीय प्रशासनले पुष्टि गरेको छ ।

मौसमविद्हरूले आइडा नामक उक्त आँधी लुइजियानमा अवतरण गर्दा ‘क्याटेगोरी फोर’ को हुने पूर्वानुमान गरेका भएपनि सोमबार अलिकति कमजोर अर्थात् क्याटगरी थ्रीको आँधीमा रूपान्तरण भएको उल्लेख गरेका छन् ।advertisementतर उसले निरन्तर रूपमा दुई सय किलोमिटर प्रतिघण्टा वेगको आँधी निम्त्याइरहेको र बिस्तारै उत्तरतर्फ बढिरहेकाले यसको विनाशकारी क्षमता अझ बढी हुनसक्ने चेतावनी दिइएको छ । दशौँ हजार व्यक्तिहरूलाई तटीय क्षेत्रबाट उद्धार गरिएको छ र त्यहीँ बसिरहेका व्यक्तिहरूलाई कैयौँ दिनसम्म मद्दत गर्न नसकिने सम्भावनातर्फ अधिकारीहरूले सचेत गराएका छन् ।

न्यूअर्लियन्स नजिकै अस्पतालको छानाको हिस्सा आँधीले उडाएको भएपनि बिरामीहरूलाई चोट नलागेको बताइएको छ । लुइजियानाका गभर्नर जोन बेल एडवर्ड्सले महामारीका कारण थप क्षमता नभएकाले धेरै बिरामीहरूलाई अस्पतालहरूमा उद्धार नगरिएको जनाएका छन् ।

कट्रिना आँधीले सन् २००५ मा एक हजार ८०० जनाको ज्यान लिएपछि त्यहाँ विपद्सँग जुझ्ने क्षमतालाई मजबुत बनाइएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडनले आइडाले ‘जीवन जोखिममा पार्ने’ भन्दै यसको क्षति तटीय क्षेत्रभन्दा भित्रसम्म हुने उल्लेख गर्दै आवश्यकता अनुसार केन्द्र सरकारले सहयोग र उद्धारमा सघाृने बताए ।advertise

आइडाले न्यूअर्लियन्सको दक्षिणमा रहेको पोर्ट फोर्सन् नजिकको जमिनमा क्याटगोरी फोरको आँधीका रूपमा अवतरण गरेको थियो जसको अर्थ यसले गम्भीर क्षति पु¥याउने आँकलन गरिएको थियो ।

एउटा ट्विटर सन्देशमा अमेरिकी राष्ट्रिय मौसम विभागले न्यूअर्लियन्सका बासिन्दालाई घरभित्रका झ्याल नभएका कोठामा जान र भित्रै बसिरहन सुझाव दिएको छ । आँधीका कारण मेक्सिकोको खाडीको लगभग ९० प्रतिशत तेल उत्पादनको काम रोकिएको छ ।

Buzz Education

ताजा समाचार

सिनामंगलबाट ११ जना अफगानी नागरीक पक्राउ

Madhyapur Diary

बजेट संसदबाट मात्र नभएर व्यवहारमा पनि पास हुनुपर्ने -केपी शर्मा ओली

Madhyapur Diary

बोडेकी क्यान्सर पिडित सुजनाको उपचारका लागि खानेपानी ब्यबसायीहरूद्वारा रू ९२ हजार सहयोग प्रदान

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy