समाचार समाज

मध्यपुर थिमिमा घरको छटबाट खसेर युवकको मृत्यु ।

Buzz Education

माघ – २ – मध्यपुर थिमि वडा नं. ३ लोकन्थलीमा ३ तल्ले घरको छटबाट खसेर आइतवार एक युवकको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–६ घर भई हाल मनोहरास्थित आँखा अस्पताल नजिक गरी बस्दै आएका १६ वर्षिय सौरभ महतो पञ्जिया आफ्नै ३ तले घरको छटबाट खसेर मृत्यु भएको हो ।
छटबाट बिहान ३ बजे खसेर घाईते भएका पञ्जियालाई तत्काल लोहकिल्थलीस्थित समिट अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
घटनाको अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

 

Buzz Education

ताजा समाचार

बिभिन्न पदहरूमा १५ कर्मचारीहरुको लागि जागिर खुल्यो

Madhyapur Diary

नेपाली उत्पादन रातो च्याउको धुलो ” REISHI mushroom powder ” बजारमा ‘

Madhyapur Diary

तालिवान द्वारा अफगानिस्तानमा नया सरकार घोषना

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy