माघ – २ – मध्यपुर थिमि वडा नं. ३ लोकन्थलीमा ३ तल्ले घरको छटबाट खसेर आइतवार एक युवकको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–६ घर भई हाल मनोहरास्थित आँखा अस्पताल नजिक गरी बस्दै आएका १६ वर्षिय सौरभ महतो पञ्जिया आफ्नै ३ तले घरको छटबाट खसेर मृत्यु भएको हो ।
छटबाट बिहान ३ बजे खसेर घाईते भएका पञ्जियालाई तत्काल लोहकिल्थलीस्थित समिट अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
घटनाको अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।