नेपाल साफ च्याम्पियनसिप को फाईनल खेलला पराजित भएको छ। पहिलो हाफमा गोल रहित बराबरी खेलेको भारत ले ३ -0 को नतिजा सहित नेपाल पराजित हुन पुगेको हो ।
वर्षाबीच चलेको खेलको पहिलो गोल सुनील क्षेत्रीले ४९ औं मिनेटमा गरेका थिए । नजिकको दूरीमा प्राप्त क्रसलाई उनले सजिलै हेडबाट पहिलो गोल गर्न भ्याए। यो भारतका लागि उनको ८० औं गोल रह्यो । पहिलो गोल खाएर सम्हालिन पनि नपाएको नेपालविरुद्ध सुरेश सिंहले ५० औं मिनेटमा दोस्रो गोल थपे र उनले यसका लागि पेनाल्टी एरियाबाट शक्तिशाली प्रहार गरेका थिए । यस्तै खेलको ९० औं मिनेटमा सब्स्टिच्युट साह अल्दुलले तेस्रो गोल गरे ।
यसरी १ मिनेटको अन्तरमा २ गोल खाएको नेपाल भारत सामु खेलको अन्तिम समयमा थप अप्रत्यासित गोल सहित पराजय भोग्न बाध्य बन्यो ।
भारी बर्षा , प्रमुख प्रशिक्षक बिनाको मैदान प्रवेश, खेल अगाडीको बिबाद र त्यसबाट सिर्जित तनाब एवम पहिलो पल्ट फाईनल खेलिरहंदाको दबाब बाट नेपाल यो पटक भारत संग पराजित बनेको छ भने भारत ८ औ पटक साफ च्यापियन बन्न सफल भएको छ ।
previous post
next post