मनोरञ्जन समाचार समाज

आज बिजया दशमी – टिकाको साईत बिहान १० बजेर २ मिनेट

Buzz Education

आज बिजय दशमी अर्थात निधार भरी रातो अक्षताको टिका र जमरा लगाई आफू भन्दा ठूला र मान्यजनको हातबाट को आर्शिवाद लिई मनाइने दर्गापक्षको मुख्य दिन ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंको सबैभन्दा महत्त्वपूर्ण दिन हो । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् ।

गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

  • नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज १०ः०२ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए । विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्यतः साइत खोज्न नपर्ने पनि उनले बताए । ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,’ ।
Buzz Education

ताजा समाचार

असोज १ गते सानोठिमीमा तेक्वान्डो प्रतियोगिता हुदै ।

Madhyapur Diary

मध्यपुर नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र कुलमान घिसिङ बीच भेटघाट । मध्यपुरमा अझै झिलिमिली बन्ने ।

Madhyapur Diary

मध्यपुर थिमि चपाचो स्थित जेतवर्ण महाबिहार पुणनिर्माण सम्पन्न

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy