खेलकुद समाचार

मध्यपुर लिगको ३० औं खेलमा वडा ९ द्वारा ६ पराजित |

Buzz Education

कार्तिक -४ मध्यपुर लिग अन्तरगत शुक्रबार सम्पन्न भएको ३० औं खेलमा वडा न ९ द्वारा वडा न ६ पराजित भएको छ । वडा ९ द्वारा वडा ६ लाई ४ – 0 को गोल अन्तरले पराजित गरेको हो । वडा न ९ का लागि जर्शी न ८ का मिडफिल्डर यमन राजवाहकले खेलको ६, १५ र ७९ औं मिनेटमा गोल गरी ह्याट्रिक गरेका छन भने वडा न ९ का लागि जर्शी न ११ का मिडफिल्डर तथा क्याप्टेन रोनिश धेके राजबाहकले ४४ औं मिनेटमा गोल गरेका थिए । वडा न ९ को खेलको सुरुवाट देखि नै दबाबमा परेको वडा ६ ले केही गोल गर्ने सुन्दर मौकाहरू पाएका थिए तर गोलमा भने परिणत हुन सकेन । निक्कै उत्कृष्ट खेल प्रर्दशन गरेको वडा ९ ले पनि थुप्रै गोल गर्ने मौकाहरू पाएका थिए । खेलमा अरू खेलहरूको तुलनामा कम मात्रै खेलाडीहरू घाईते भएका थिए । दुबै तर्फका कुनै पनि खेलाडीले कार्ड पाएन । खेलमा ह्याट्रिक गरेका जर्शी न ८ का मिडफिल्डर यमन राजबाहक म्यान अफ द म्याच घोषित भएका छन । पछिल्लो समय वडा ९ ले उत्कृष्ट खेल प्रदर्शन गदै उपाधिको सम्भाबनालाई जिबित राखेको छ ।

Buzz Education

ताजा समाचार

सेभ नेवा: भ्यालिको अभियन्ता सम्मान तथा चियापान कार्यक्रम सम्पन्न |

Madhyapur Diary

नेपाली कांग्रेसको म.थि.न.पा वडा न ८ र ९ का नवनिर्वाचित पदाधिकारीहरु लाई पदस्थापना तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

मध्यपुरको बिनायकमा तिज नृत्य प्रतियोगिता सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy