खेलकुद

साफ च्याम्पियनसिपमा भारत संग नेपाल पराजित

Buzz Education
  • साफ च्याम्पियनसिप फुटबल खेलमा नेपाललाई भारतले हराएको छ । १ – ० को गोल अन्तरले नेपाल भारत संग पराजित हुन पुगेको हो । माल्दिन्सको राष्ट्रिय रंगशालामा भएको खेलमा पहिलो हाफमा गोल रहित बराबरी भएपनि दोस्रो हाफमा भने ८२ औ मिनेटमा कप्तान सुनिल क्षेत्रिको गोलले भारतले अग्रता लिएको छ । फारुख चौधरीले हेड मार्फत पास गरेको बललाई क्षेत्रिले गोलमा परिनत गरेको हो । श्रीलंका र बंगालादेशले बराबरीमा रोकेको भारतले भने नेपाल संगको खेलबाट साफ च्याम्पियनसिपमा पहिलो जितको स्वाद चाखेका छन ।
    खेलको अधिकांश समय नेपालले पूर्णत: रक्षात्मक भएर खेलेको थियो । खेलको १८ औं मिनेटमा सुनील क्षेत्रीले नेपालको पेनाल्टी एरियामा दबाब सिर्जना गरे पनि त्यो निर्णायक प्रतिफल निस्केन । लगतै कर्नरमा सुनीलको हेड प्रहार पोस्टको माथिबाट बाहिरियो । यस्तै ४२ औं मिनेटमा भारतका मनवीर सिंहले नेपालको पोस्ट नजिकबाट मौका पाए पनि त्यसको फाइदा उठाउन सकेन ।
    यससंगै ६ अंकका साथ माल्दिन्स माथिल्लो स्थानमा रहेको छ।
Buzz Education

ताजा समाचार

बोडे फुटसल बन्यो हेल्थी फुटसल ओपन टुर्नामेन्टको बिजेता ।

Madhyapur Diary

मध्यपुर लिगको २७ औ खेलमा वडा न ९ द्वारा वडा ७ पराजित | नतिजा ० – ५

Madhyapur Diary

बंगलादेशलाई बराबरीया रोक्दै नेपाल साफ च्यामपियन सिपको फाईनलमा

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy