मध्यपुर व्यापी फुटसलमा विनायक शिक्षा पहिलाे रनर अप
मध्यपुर ठिमी भक्तपुर
शिक्षा खेलकुद र अतिरिक्त क्रियाकलापको क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल विनायक शिक्षा निकेतन इ स्कुल ,मध्यपुर ठिमी फाइनलमा पेनाल्टी सुट आउटबाट पहिलो रनर अप हुन सफल भएको छ ।यही कार्तिक १८ र १९ गते मध्यपुर प्याब्सन द्वारा आयोजित २२ वटा विद्यालयहरु सहभागी भएको उक्त प्रतियोगितामा विनायकले पहिलो म्याचमा बाइ पाई जेनिथ स्कुल ,सि भि एम स्कुल र अर्विट स्कुललाई पराजित गरी फाइनलमा प्रवेश गरेको थियो ।विद्यालयमा हाैसला प्रदान गर्न आयाेजित कार्यक्रममा विद्यार्थीहरुलाई खेलकुदका माध्यमबाट शारीरिक, मानसिक, चारित्रिक र संवेगात्मक विकास गर्ने उद्देश्यले विद्यालयले स्थापनाकालदेखि नै खेलकुद र अतिरिक्त क्रियाकलापका क्षेत्रमा उत्कृष्ट पहिचानमा बनाउन सफल रहेको विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले जानकारी गराउनुभयो । साथै सो प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी प्रसङ्ग श्रेष्ठ रहनुभएको थियो भने विजेता विद्यार्थीहरुलाई हौसला स्वरूप विद्यालयले समेत सम्मान प्रदान गरेको थियो।