समाचार समाज

पासो लगाएको डोरी मंहगोमा बेच्न एकको पासो लगाई हत्या | अन्धबिश्वासले लियो ज्यान ।

पासो लगाई मान्छे मरेको डोरी महंगोमा बिक्रि हुन्छ भन्ने अन्धबिश्वास का कारण एक महिलाको हत्या भएको छ ।हत्याको आरोपमा  तीन जनाको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ

महानगरीय अपराध महाशाखा, बानेश्वरले ललितपुर महानगरपालिका–१७, सुनाकोठीमा ४५ वर्षीया कमला तामाङको हत्या गरेको अभियोगमा मकवानपुर राक्सिराङ गाउँपालिका–५ प्याङचे टोलका २३ वर्षीय सविन प्रजा र १८ वर्षीया प्रविना प्रजा माझी, मोरङको पथरीशनिश्चरे–८ मंगलबारेका २० वर्षीय सुमन मगरलाई पक्राउ गरेको हो ।

महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङका अनुसार उनीहरुले डोरी बिक्री हुने अफवाहमा विश्वास गरेर तामाङको घाँटीमा डोरीले कसेर हत्या गरेको पाइएको छ । हत्यापछि मृतकको गहना र मोबाइलसमेत लुटेर फरार रहेको अवस्थामा पक्राउ गरेर अनुसन्धान थालिएको उनले बताए ।
काठमाडौं। मानिस पासो लगाएर मरेको डोरीको मूल्य करोडौं रुपैयाँ पर्छ भन्ने सुनेका आधारमा सोही डोरी हात पार्नको लागि आफैंले डोरीले घाँटी कसेर महिलाको हत्या गर्नेहरु पक्राउ परेका छन् । ललितपुरको सुनाकोठीमा बस्दै आएकी ४५ वर्षकी कमला तामाङको हत्या अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ परेका तीनजन १८ वर्ष, २१ वर्ष र २३ वर्षका छन् ।

ताजा समाचार

शैक्षिक भ्रमणका लागी उत्कृष्ट गन्तव्य मिर्मी

Madhyapur Diary

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य ।

Madhyapur Diary

मध्यपुरमा तेस्रो एपिक अवार्ड उत्कृष्ट ५ लाई प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy