खेलकुद

बोडे फुटसल बन्यो हेल्थी फुटसल ओपन टुर्नामेन्टको बिजेता ।

Buzz Education

भक्तपुर । हेल्थी फुटसल प्रालि इतबू सूर्यविनायक भक्तपुरको आयोजनामा भएको फष्ट हेल्थी फुटसल ओपन टुर्नामेन्ट २०७८ को उपाधि भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित बोडे फुटसलको पोल्टामा परेको छ । जितपछि बोडे फुटसलले ५० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । साथै भक्तपुर इन्टरनेशनल पोलिक्लिनिक दोश्रो हुन सफल भएको छ । दोश्रो टिमले २५ हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा वोडे फुटसलका अमोद सर्वाेत्कृष्ट खेलाडी, वुलेट टिमका अभिषेक तामाग सर्वाेत्कृष्ट किपर र न्यातापोल कर्नर टिम अनुशाशित टिम घोषित हुन सफल भए । ती तीनवटै टिमलाई पाँंचपाँंच हजार नगद पुरस्कारसहित मायाको चिनो प्रदान गरियो । उनीहरुलाई भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । टुर्नामेन्टमा ४३ वटा टिमहरुले प्रतिस्पर्धा गरेका थिए । पुरस्कार वितरण समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद समितिका महासचिव एवं टेबलटेनिसका चर्चित राष्ट्रिय खेलाडी शिवसुन्दर गोथे, आयोजक हेल्थी फुटसल प्रालि इतबू सूर्यविनायक भक्तपुरका अध्यक्ष श्यामकृष्ण प्रजापतिलगायतले बधाई दिएका थिए । प्रतियोगिता गोर्खा इको प्यानललगायतको आर्थिक सहयोगमा भएको थियो ।

कृष्ण किसी

 

Buzz Education

ताजा समाचार

विनायकमा कराते र जिमनस्टिक प्रतियोगिता सम्पन्न ।

Madhyapur Diary

मध्यपुर लिगको २७ औ खेलमा वडा न ९ द्वारा वडा ७ पराजित | नतिजा ० – ५

Madhyapur Diary

म.थि.न.पा द्वारा तेक्वान्डो खेलाडी तथा प्रशिक्षकहरुलाई ट्रयाक शुट बितरण तथा बिदाई कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy