समाचार समाज

नागार्जुनको गोदामथोक गुरुङ डाँडामा २७ फिट लामो बुद्ध मूर्ति स्थापना हुदैँ

Buzz Education

काठमाडौँ- काठमाडौँको नागार्जुनमा बुद्ध मूर्ति स्थापना हुने भएको छ । नार्गाजुन नगरपालिका वडा नं. ७ रामकोट, गोदामथोकको गुरुङडाँडामा एक ढुंगाबाट निर्मित नेपाल मै पहिलो मूर्ति स्थापना हुन लागेको छ । ३० फिट लामो, ३ फिट चौडा तथा २ फिट मोटाइ भएको  ढुंगाबाट निर्मित २७ फिट लामो मूर्ति स्थापना हुन लागेको हो ।

सोमबार मैत्रेय बुद्धमूर्ति स्थापना तथा गुरुङडाँडा संरक्षण सहयोग समितिले आयोजना गरेको स्थानीय बासिन्दाहरु तथा नागार्जुन नगरपालिकाबिच प्रारम्भिक छलफल चियापान तथा बडा दशैँ २०७८ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मूर्ति निर्माण समितिका अध्यक्ष रमेश शाक्यले विभिन्न चूनौति तथा कठिनाइका बावजुत पनि उक्त मूर्ति स्थाना गरिछोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । धार्मिक आस्थाको धरोहर मानिने उक्त मूर्ति स्थापना पश्चात यस क्षेत्रको समृद्धि हुने र आफु पनि धार्मिक धरोहर स्थापना गर्न इच्छुक भएको कुरा व्यक्त गर्नुभयो ।

नागार्जुनको गोदामथोक गुरुङ डाँडामा २७ फिट लामो बुद्ध मूर्ति स्थापना हुदैँ -
नागार्जुनको गोदामथोक गुरुङ डाँडामा २७ फिट लामो बुद्ध मूर्ति स्थापना हुदैँ –

नेपाल विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रद्वारा गुरुङडाँडामा नेपालको सबैभन्दा अग्लो बुद्धमूर्ति स्थापना हुन लागेको हो । उक्त केन्द्रका प्रमुख रमेश दाहालले उक्त मूर्ति निर्माणका लागि महत्वपूर्ण भूमिका खेलको देखिन्छ । विभिन्न निकायहरुबाट समन्वय गरि आर्थिक श्रोत संकलन गरि उक्त मूर्ति निर्माण गर्न उहाँको योगदान अतुलनीय रहेको पाइन्छ । आज आयोजित कार्यक्रममा बोल्दै प्रमुख दाहालले मूर्ति निर्माण गर्न स्थानीय तह, अन्य संघसंस्था तथा यस क्षेत्रका स्थानीयको महत्वपूर्ण भूमिका रहने भएकाले यसमा हातेमालो गर्न समेत अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतले नागार्जुन नगरपालिकामा धार्मिक एवं पर्यटकीय क्षेत्रमा उल्लेख्य प्रगति हुन लागेको भन्दै नगरपालिकाबाट हुने सहयोग गर्न कुनै कसरत बाँकि नराख्ने समेत प्रष्ट पार्नुभयो । यस्तै उहाँले यस क्षेत्रको बाटो निर्माण, मूर्ति बन्न लागेको स्थानबाट मूर्ति स्थापना हुने ठाउँसम्म ल्याउन आवश्यक पर्ने सहयोग तथा अन्य आवश्यक आर्थिक सहयोग गर्न समेत आफु तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै वडा नं. ७ का वडा अध्यक्ष रमेश प्रसाद गौतमले पनि मूर्ति निर्माणमा सधै सहकार्य भईरहको र अझै पनि व्यक्तिगत तथा वडा कार्यालयबाट हुने सहयोगमा कुनै कमी नहुने समेत प्रष्ट पार्नुभयो । कार्यक्रममा दलित महिला वडा सदस्य पुतली परियारको समेत उपस्थिति रहेको थियो । नाल्जोर्मा आर्टस्, इमाडोल तथा कलाकार रबि शाक्या र निरज बाडेले निर्माण गरिरहेका छन् । ३० फिट लामो ढुंगामा २७ फिट लामो बुद्धमूर्ति निर्माण हुनेछ ।

नागार्जुनको गोदामथोक गुरुङ डाँडामा २७ फिट लामो बुद्ध मूर्ति स्थापना हुदैँ –

उक्त क्षेत्रमा मूर्तिमा निर्माण पश्चात त्यस क्षेत्रमा अन्य भौतिक संरचना समेत निर्माण हुनेछन् भने एउटा भ्यू टावर समेत निर्माण हुने भएको छ । काठमाडौँ उपत्यकाको दृश्यालोकन गर्न सकिने उक्त क्षेत्र जंगलको बीचमा रमणीय रहेको छ । मूर्ति निर्माण पश्चात त्यस क्षेत्रको पर्यटन पूर्वाधार समेत फष्टाउने छ भने व्यापारबाट स्थानीयको आयआर्जनमा समेत बृद्धि हुने देखिन्छ ।

प्रकृतिले भरिपूर्ण तर विकासले नछोएको उक्त ठाउँ मूर्ति निर्माण पश्चात मुहार फेर्ने देखिन्छ । मूर्ति स्थापना स्थलबाट करिब ३०० मिटरको दुरीमा रहेको उक्त मूर्ति निर्माणको क्रममा रहेको छ । मूर्ति निर्माण पश्चात अस्थायी सडकको व्यवस्था भएपनि उक्त क्षेत्रसम्म सडकको पहुँच पुगाएर मूर्ति निर्माण स्थलसम्म ल्याइने छ । उक्त मूर्ति निर्माण गर्न करिब १० महिना लाग्ने अनुमान गरिएको छ । जंगलको बीचमा रहको उक्त डाँडाबाट रमणीय दृश्यालोकन गर्न सकिने भएकाले यो क्षेत्र पर्यटकीय हब बन्ने देखिन्छ ।

उपहार खबर

निरज बाडे

Buzz Education

ताजा समाचार

असोज १ गते सानोठिमीमा तेक्वान्दो प्रतियोगिता हुँदै । ।

Madhyapur Diary

रुघाखोकी सजिलै निको पार्न अपनाउनुस् यी घरेलु उपाय

Madhyapur Diary

मध्यपुर थिमिमा भदौ १३ र १५ गते मेरोसिल दोस्रो डोज लगाईदै

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy