मनोरञ्जन समाचार समाज

बोडेको कुमारी मन्दिर सम्बन्धि बृत्तचित्र सार्वजनिक गरीयो।

Buzz Education

 

बिज्ञापन
बिज्ञापन

कार्तिक -१३ मध्यपुर थिमि नगरपालिका वडा न ८ बोडे स्थित कुमारी पार्क यतिबेला सर्बत्र चर्चाको बिषय बनेको छ । नगर पालिकाको अगुवाईमा फोहर फाल्ने ठाउँको रूपमा रहेको स्थानलाई पार्कमा रूपान्तरण गरीए पश्चात यतिबेला उक्त स्थान स्थान आन्तरिक पर्यटकको गन्तव्य बन्न पुगेको छ ।

बोडेको कुमारी मन्दिर परिसर

पछिल्लो समय कुमारी पार्कको चर्चा परिचर्चा हुने गरिए तापनि कुमारी मन्दिर बारेमा छुटै ऐतिहासिक तथ्य सहितको जानकारी दिने उद्देश्यले – मध्यपुर ८ बोडेका स्थानीय बासिन्दा तथा कलाकर्मी एवम उदयमान निर्देशक कृष्ण लाल साहुखलले निर्माण तथा निर्देशन गरेको छोटो डकुमेन्ट्रि शनिवार कुमारी परिसरमा आयोजित एपिक अवार्ड उत्कृष्ट ५ नोमिनेसन प्रमाणपत्र बितरणको बीचमा लोकार्पण गरीएको छ ।
मध्यपुर थिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठको हातबाट लोकार्पण गरीएको उक्त बृतचित्रमा कुमारी मन्दीरको ऐतिहासिक शिलालेख, ताम्रपत्र तथा अभिलेखहरूमा भेटिएका बिवरणहरू सहित निर्माण गरिएको  कृष्ण लाल साहुखलले बताउनुभयो ।

बिज्ञापन
बिज्ञापन

नेपाल संबत ७६२ मा निर्मित कुमारी मन्दिर बोडेबासिको शक्ति पिठको रूपमा रहेको छ । बिशेषगरी बाडेबासीहरू बिस्का जात्रा को सिलसिलामा जात्रा भर्न तथा बिस्का जात्रा र दशैका समयमा प्रत्यक घर घरबाट पुजा आजा गर्नका लागि पुग्ने गरेका छन ।
निर्देशक कृष्ण लाल साहुखलले युट्युब च्यानल मध्यपुर सेरोफेरो मार्फत उक्त बृत्तचित्र सम्पूर्णले हेर्न सकिने गरी उपलब्ध गराएको जनाएको छ ।

Buzz Education

ताजा समाचार

उपकार साकोस तथा प्राध्यापक संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न |

Madhyapur Diary

नायक पल शाह बिरुद्ध मुद्धा दर्ता ।

Madhyapur Diary

ऐमाले अध्यक्ष के पी शर्मा वली माथि कोरोना फैलाएको आरोप सहीत कारबाहीको माग ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy