समाचार समाज

च्याउखेति गर्दै आएकी दिलकुमारीलाई अन्तराष्ट्रिय पुरस्कार

Buzz Education

पाल्पा – पाल्पाको तिनाउ गाउँपालिका–३ भूतखोलास्थित पाल्पा बुटवल सडक खण्डमा कन्ये च्याउको व्यावसायिक खेती गरेकी दिलकुमारी रोकामगर वर्ष २०२१ का लागि विश्वका ग्रामीण क्षेत्रमा काम गर्ने दश महिलाको सूचीमा परेकी छन् ।

उनले वुमन वल्र्ड समिट फाउन्डेसन (डब्लुडब्लुएसएफ) जेनेभा, स्वीटजरल्यान्डबाट हरेक वर्ष प्रदान गरिने एक हजार डलर राशिको पुरस्कार प्राप्त गरेकी हुन् ।

“च्याउ खेतीबाट यति ठूलो सफलता पाइएला भन्ने लागेको थिएन, सिर्जनशील महिलाको छनोटमा परी अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा व्यवसायमा औधी खुशी लागेको छ”, दिलकुमारीले भनिन् । उनी साहसी र अग्रणी सिर्जनशील महिलाका रुपमा छनोटमा परेकी हुन् ।

डब्लुडब्लुएसएफले हरेक वर्ष ग्रामीण क्षेत्रमा अहोरात्र खट्ने विश्वभरका दश महिलालाई सम्मान गर्दै आएको छ । उनलाई अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसका दिन यो पुरस्कार प्रदान गरिनेछ । “हामीजस्ता महिलाले गरेको मिहिनेत, काम र सङ्घर्षको मूल्याङ्कन हुँदा व्यवसायमा जोस, जाँगर थपिएको छ, अन्तर्राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गर्नु नै मेरो लागि जीवनको ठूलो सफलता हो,” उनले भनिन् ।

विगत एक दशकदेखि यस व्यवसायमा आबद्ध दिलकुमारीले व्यवसायलाई थप गर्दै जाने बताउँछिन् । गत साउनदेखि स्थायी संरचना तयार पारी व्यवस्थित तरिकाले खेती गर्ने उद्देश्यका साथ उनी लागेकी छन् । “बाह्रै महिना खाली नहुने गरी उत्पादन गर्न स्थायी संरचना तयार पार्दैछु, च्याउ खेतीले आयस्रोत राम्रो बनेको छ भने देश तथा विदेशमा पनि मलाई चिनाएको छ, अब व्यवसायलाई विस्तार गर्दै जाने हो,” उनले भनिन् ।

उनले फार्ममा हाल एक हजार सात सय बल्ब च्याउ छन् । एक दशकअघि दुई सय बल्बबाट व्यवसाय थालनी गरेकी दिलकुमारीलाई हाल च्याउ खेतीले दाम मात्र होइन राम्रो पहिचान बनाइदिएको छ ।

गत वर्ष च्याउ बिक्रीबाट रु सात लाख आम्दानी गरेकी उनले यस वर्ष करिब नौ लाखसम्म कमाई गर्ने लक्ष्य लिएकी छन् ।

धेरै उत्पादन हुँदा दैनिक एक क्विन्टलसम्म च्याउ घरबाटै बिक्री गर्ने दिलकुमारीले सिद्धार्थ राजमार्गमा व्यवसाय भएकाले पनि बिक्री गर्न झन्झट नभएको बताउँछिन् । यहाँ उत्पादन भएको च्याउ पाल्पा तथा बुटवल बजारमा खपत भइरहेको छ ।

रासस …

Buzz Education

ताजा समाचार

बोडेको पलिस्वॉ: पुखुमा डुंगा चलाईयो । नगरपालिका द्वारा डुंगा हस्तान्तरण ।

Madhyapur Diary

१० हजार घुस सहीत धनुषामा नायब सुब्बा पक्राउ

Madhyapur Diary

तेस्रो एपिक नेपाल म्युजिक अवार्डको मनोनयन सार्वजनिक

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy